३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माेटरसाइकलको ट्रायलमा फेल हुनु भो ? यी तरिका अपनाउनुस्, सजिलै पास हुनुस् !

५ पुष २०७३, मंगलवार १०:४८

- ट्रायलमा सवारी चलाउनु सुरु गर्नुअघि हेल्मेट लगाउने र फित्ता बान्न विर्सनुहुँदैन । त्यस्तै लुकिङ ग्लास मिले/ नमिलेको हेर्ने र साइड लाइट पनि बल्ने/ नबल्ने परीक्षण गर्नुपर्छ ।

- ट्रायलमा सबैभन्दा पहिला अंग्रेजी अंकको एटमा प्रवेश गर्दा जतिसक्दो कम स्पिडमा अगाडि बढाउनुपर्छ । एटको बाहिरी घेरालाइ अगाडिको चक्काले च्यापेर विस्तारै संकेत अनुसार अगाडि बढ्नुपर्छ । एट पूरा गरिसकेपछि सोही दिशाबाट आधा राउन्डमा एस बनाएर बाहिर निस्कनुपर्नेहुन्छ । यसरी एटबाट निस्केपछि जेब्राक्रसिङ पुग्नुअगावै ट्राफिक लाइट हेर्न विर्सनु हुदैन ।

- ट्राफिक लाइट पहँलो या रातो बलेको छ भने जेब्राक्रसिङ लाइन नछोइकन रोकर बस्नुपर्छ । त्यस्तै, ग्रिन लाइट बल्दा अगाडि बढ्नुपर्ने हुन्छ ।

- जेब्राक्रसिङबाट अगाडि बढ्पछि साँघुरो फल्याकबाट जानुपर्छ । यो क्रममा फल्याकको मध्यभागमा पुगेपछि बाँया साइडको साइडलाइट बाल्नुपर्छ । त्यसपछि यू टर्नमा विस्तारै बायाँ साइड घुमेर उकालो उक्लिँदा स्टप लेखिएको स्थानमा दुईवटा धर्काइलाइ नछोइकन बीचमा रोक्नुपर्ने हुन्छ ।

- उकालोमा रोकेर अगाडि बढ्नुभन्दा पहिला साइड लाइट अफ गर्न विर्सनु हुँदैन । त्यसपछि ट्राफिकको इसारा पाएपछि पछाडि नहटाइकन अगाडि बढ्नुपर्छ ।

- फेरि अरोलामा अगाडिको एउटा धर्कोलाइ नछोइकन र चक्का नघ्रिस्याइ रोक्नुपर्ने हुन्छ । त्यसपछि फेरि ट्राफिकको इसाराअनुसार उबडखाबडको बाटोबाट अगाडि बढ्नपर्छ । यो क्रममा ह्याण्डललाइ बलियाे गरी समाएर थोरै एक्सिलेटर लिँदै पाइपको बाटो पार गर्नुपर्छ । त्यसपछि दुइपांग्रेको स्टार्ट अफ गर्ने या न्युट्रलमा राख्नुपर्छ ।

- सवारी स्टार्ट गरेदेखि अन्तिममा नरोकसम्म ह्यान्डलबाट दुईवटै हात हटाउनु हुँदैन । यति चरण पूरा गरेपछि सवारीचालक अनुमति पत्र लिन योग्य भइन्छ । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही