पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा संघका पूर्वकोषाध्यक्षद्वारा अध्यक्ष तिवारीको हत्या: प्रहरी

६ पुष २०७३, बुधबार ०१:१७

पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन्। व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ । 

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन्। ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकै संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने। पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ।

गत ६ चैतमा तिवारीलाई दुई वटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए। एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुई वटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन्। ‘मनोज फरार अभियुक्त हो,’ उनले भने।

तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। मनोजनिकट तीनजनालाई पक्राउ गरिएको स्रोत बताउँछ। यद्यपि हत्यामा उनीहरूको संलग्नता प्रस्ट भइसकेको छैन।

हत्याको अनुसन्धानका लागि प्रहरीले केन्द्र तहबाट पनि आवश्यक समन्वय तथा सहयोगको काम गरिरहेको रूपन्देही प्रहरी प्रमुख धानुकले बताए। तिवारीको हत्यापछि घटनाको मनोजले जिम्मेवारी लिएका थिए। उनको तस्बिर मनोजकै फेसबुकबाट डाउनलोड गरी प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको छ।

रूपन्देही देवदह नगरपालिका–८ स्थित खैरेनी चोकदेखि सय मिटर दक्षिणतर्फ बाटोमा सोमबार अपराह्न गोली प्रहारबाट घाइते भएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो।

तिवारी हत्याको विरोधमा युवा संघले आह्वान गरेको लुम्बिनी अञ्चल बन्दले बुटवल, भैरहवासहित यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बन्दको प्रभाव पहाडी जिल्लामा परेको छ। मंगलबार बिहानैदेखि युवा संघ, अनेरास्ववियुसहित एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए।

पार्टी कार्यकर्ताको हत्याको भोलिपल्ट मंगलबार एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललगायतका नेताहरू बुटवल आएका छन्। उनीहरूले तिवारीको घरमा पुगी परिवारसँग भेट गरेका थिए। एमाले प्रदेश नम्बर ५ का संयोजक पौडेलले हत्याको घटनालाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी दिँदै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन्।

तिवारीको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। शवको पोस्टमार्टम मंगलबार साँझसम्म हुन सकेको छैन।

घटनास्थलबाट करिब तीन किलोमिटरको दूरीमा तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ। तर, उक्त मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको प्रहरीले जनाएको छ। बा.५१प ८०७३ नम्बरको मोटरसाइकल प्रहरीले सोमबार बेलुका नै मणिग्राममा बेवारिसे अवस्थामा फेला पारेको थियो। मोटरसाइलमा नक्कली नम्बर प्लेट प्रयोग भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए । नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली