पुस ६, काठमाडौं । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार इन्सास नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, काठमाडौं । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार इन्सास नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुप"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घातक इन्सासबारे प्रहरी मौनता किन ?

६ पुष २०७३, बुधबार ०१:२५

पुस ६, काठमाडौं । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार इन्सास नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुपचाप बसेको छ । 

सो घटनालाई सुरुमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो तथा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र रौतहट प्रहरीले पनि चासो दिएको थियो। तर, हतियार ल्याउने मानिस नै दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरी अहिले अनुसन्धान नै अगाडि नबढाई चुपचाप बसेको हो । 

२९ कात्तिकमा रौतहटको लालबकैया नदीको बाँधनजिकै हतियार कारोबारी सक्रिय रहेको भन्दै मध्यक्षेत्रीय प्रहरीको विशेष टोली र रौतहट प्रहरीले संयुक्त कारबाही गर्दा भारतीय नागरिक तेजिलाल साह सो हतियार ल्याउँदै गरेको अवस्थामा दोहोरो भिडन्तमा मारिएका थिए। त्यतिबेला मध्यक्षेत्रीय प्रहरी कार्यालय दरबन्दी भएका प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका थिए।

प्रहरीले सो समूहको साथमा रहेको एक थान इन्सास राइफल, एक थान इटालियन पेस्तोल र एक थान नलकटुवा बन्दुक तथा गोली बरामद गरेको थियो। भिडन्तका क्रममा हतियारधारी समूहले १२ राउन्ड र प्रहरीले २८ राउन्ड गोली चलाएको थियो। त्यतिबेला रौतहट प्रहरीले विशेष ब्युरोलाई आपराधिक समूह भएको रिपोर्ट दिएपछि ब्युरोले चासो दिएन।

‘हाम्रो काम उसको संलग्नता भूमिगत समूह वा अन्य राजनीतिक समूहसँग छ कि भन्ने थियो, त्यस्तो रिपोर्ट नआएपछि त्यो घटनामा चासो दिइएन,’ ब्युरो स्रोतले भन्यो।

‘मध्यक्षेत्र र जिल्लाले संयुक्त रूपमा अप्रेसन गरेका भएकाले त्यसमा केही शंकास्पद विषय छ कि भनेर विशेष ब्युरोलाई जानकारी गराइएको हुन्छ। कुनै विषयहरू बाहिर ल्याउन नमिल्ने भएर पनि गोप्य राखिएको हुनपर्छ,’ नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवालीले भने, ‘सबै विषय मैले पनि बुझ्नुपर्ने हुन्छ।’

सुरक्षा स्रोतका अनुसार इन्सास राइफल घातक हतियार हो। यो हतियार नेपाली सेना र नेपाल प्रहरीको विशेष कार्यदलले मात्रै प्रयोग गर्छ। तर, आपराधिक समूहले नेपालतर्फ त्यो हतियार कसरी ल्यायो भन्ने विषयमा एक महिनाभन्दा बढी समय हुँदा पनि कुनै पनि धारणा सार्वजनिक गरेको छैन। यतिबेला तराईमा भूमिगत समूहको चलखेल पनि नभएको र पहाडमा रहेका केही त्यस्ता समूह पनि प्रहरीको फन्दामा परेको अवस्थामा त्यो हतियार कसरी आयो, किन आयो भन्नेबारेमा प्रहरी मौन बसेको छ।

जसले हतियार ल्यायो त्यो व्यक्ति नै दोहोरो भिडन्तमा परे पनि सो समूहका अन्य तीनजना भने भागेका थिए। त्यतिखेर मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पशुपति उपाध्याय र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीनकृष्ण भण्डारीले सो हतियार लिएर नेपालमा महŒवपूर्ण व्यक्तिको अपहरण वा हत्या गर्न आएको हुन सक्ने आशंका व्यक्त गरेका थिए। दुवै कार्यालयले सोबारे अनुसन्धान भए/नभएको विषयमा कुनै जानकारी दिएका छैनन्।

प्रहरीका अनुसार दोहोरो भिडन्तमा मारिएका व्यक्ति तेजिलाल साह भारतीय अपराधी हुन्। तर, उनीसँग आएका र त्यसबेला भागेका विषयमा प्रहरीले केही बताएको छैन।

सात वर्षअगाडि काठमाडौंको सिफलमा एसएमजीसहित भारतीय नागरिक पक्राउ परेका थिए। अनुसन्धानमा उनीहरू छोटा राजन समूहका सदस्य रहेको खुलेको थियो। तर, अहिले यो विषय नै अनुसन्धानको दायराभन्दा बाहिर गएको स्रोतको दाबी छ। ‘काठमाडौंभन्दा टाढा भएकाले पनि हतियारधारी भिडन्तमा मारिएपछि अनुसन्धानलाई खासै महŒव नदिएको पनि हुन सक्छ,’ प्रधान कार्यालय स्रोतले भन्यो। -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली