२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन समय गुजार्दैछन तीन दल ?

२०७३, ७ पुष बिहीबार ०१:१०

पुस ७, काठमाडौं । संविधान संशोधन विधेयक दर्तापछि जेलिँदै गएको राजनीतिक गतिरोध तीन दिनभित्र टुंग्याउने प्रतिबद्धताविपरीत प्रमुख तीन दलले संवादविनै समय गुजारेका छन् ।

सभामुख ओनसरी घर्तीको पहलमा अवरुद्ध संसद् खुलाउने उद्देश्यले सोमबार आयोजित शीर्ष बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले तीन दिनभित्र निकास खोज्ने प्रतिबद्धता जनाएका थिए । 

तर, सभामुखले दिएको समयभित्र संवादै नगरी तीन दलले समय गुजारेका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए ।

एमालेसहित आठ विपक्षी दलले गत १६ मंसिरयता छैटौँपटक संसद् बैठक अवरुद्ध गरेका छन् । राष्ट्रियता विभाजन गर्नेगरी सरकारले विधेयक ल्याएको दाबी गर्दै उनीहरूले गत सोमबारको बैठक पनि अवरोध गरेका थिए ।

बैठकमा सभामुख घर्तीले विधेयकलगायतका कार्यसूचीमा सहमतिमा छिटो सहमतिमा पुगेर अवरुद्ध संसद् खुलाउन सहयोग गर्न गम्भीर ध्यानाकर्षण गराएकी थिइन्। उनले सहमति हुन नसके कार्यसूची अघि बढाउने प्रक्रियाबारे तीन दिनभित्र टुंगोमा पुग्नेगरी निकास खोज्नुपर्ने विकल्प प्रस्तुत गरेकी थिइन् ।

जवाफमा तीनै पार्टीका नेताहरूले संवाद जारी राख्दै निकास दिने प्रतिबद्धता जनाएका थिए । ‘सभामुखज्यूले पहिला पनि शीर्ष नेताहरूसँग अवरुद्ध संसद् खुलाउने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो, पछिल्लोपटक निकासका लागि गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो,’ सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने, ‘उहाँ यसबीचमा औपचारिक–अनौपचारिक छलफल भएको होला भन्ने बुझाइमै हुनुहुन्छ, बिहीबार पनि संसद् खुलेन भने प्रक्रियामा सहमति गराउने प्रयास जारी राख्नुहुनेछ ।’

सभामुखको पहलमा आयोजित पछिल्लो बैठक शीर्ष नेताहरूबीचको आरोप–प्रत्यारोपमै टुंगिएको थियो। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन विधेयकबाट पछि नहट्ने अडानसहित विरोधका नाममा एमालेसहित विपक्षी दलहरूले लोकतान्त्रिक र संसदीय प्रक्रिया अबरुद्ध गर्न नमिल्ने अडान राख्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी