पुस ८, काठमाडौं । कुनैबेला काठमाडौंका ठमेल र दरबारमार्गमा ‘ग्याङ फाइट’ मार्फत डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन् । 

पछिल्लो समय तिनै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, काठमाडौं । कुनैबेला काठमाडौंका ठमेल र दरबारमार्गमा ‘ग्याङ फाइट’ मार्फत डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन् । 

पछिल्लो समय तिनै"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुराना ‘डन’ सेलाए, ‘टोले दादा’ यसरी सक्रिय भए

२०७३, ८ पुष शुक्रबार ०१:५०

पुस ८, काठमाडौं । कुनैबेला काठमाडौंका ठमेल र दरबारमार्गमा ‘ग्याङ फाइट’ मार्फत डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन् । 

पछिल्लो समय तिनै डनको सिको गर्दै काठमाडौंका विभिन्न चोक र टोलमा किशोर अवस्थाका युवाहरू ‘टोले दादा’ का रूपमा ‘ग्याङ फाइट’ मा उत्रिन थालेका छन् । 

बुधबार राति काठमाडौं पशुपति वनकाली क्षेत्रमा युवा समूहबीच चक्कु हानाहानबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। झडपमा १९ वर्षीय सोनाम तामाङको मृत्यु भएको छ । 

१८ वर्षीय विजय गुरुङ घाइते भएका छन्। घटनामा घाइते भएका सोनामको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी धरानका स्थायी बासिन्दा सोनाम बालाजुमा बस्दै आएका थिए। घाइते विजयको टाउको र कोखमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

प्रहरीका अनुसार सोनाम र विजयको समूहले यसअघि अर्को समूहलाई कुटेको थियो । सो समूहले बदला लिन उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–९, गौशालास्थित पशुपति एरियामा बस्ने ३५ वर्षीय डीके भन्ने व्यक्तिको समूहले उनीहरूको समूहलाई आक्रमण गरेको हो ।

यसअघि राजधानीको क्षेत्रपाटीमा भएको ग्याङ फाइटमा एकजनाको मृत्यु भएको थियो। युवतीको विषयलाई लिएर भएको ग्याङ फाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको थियो। फाइटमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो समूहबाट पक्राउ पर्नेमा साहस थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल थिए भने अन्य आठजना फरार छन् ।

त्यस्तै, गत साउनमा मदिरा सेवन गरी ग्याङ फाइट गर्ने सात युवती पक्राउ परेका थिए । बालकुमारीस्थित गुडविल डान्सबारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गर्ने युवतीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिखेर श्रीया तामाङ, सन्जु गुरुङ, अनु गुरुङ, सुशीला तामाङको समूह र सोफिया तामाङ, रेश्मा थोकर, लक्ष्मी क्षत्रीको समूहबीच ग्याङ फाइट परेको थियो। उनीहरूले सँगै बसेर मदिरा सेवन गरेका थिए। मदिरा लाग्न थालेपछि अपशब्द बोल्दै उनीहरूले केटाको कुरा निकालेका थिए। केटाको कुरा निस्कनासाथ उनीहरूबीच ग्याङ फाइट सुरु भएको हो ।

राजनीतिक कार्यक्रम र टेन्डरको विषयमा ग्याङ फाइट हुने त्रिचन्द क्याम्पस भने पछिल्लो समय शान्त भएको प्रहरीले जनाएको छ । राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी