पुस ८, काठमाडौं । कुनैबेला काठमाडौंका ठमेल र दरबारमार्गमा ‘ग्याङ फाइट’ मार्फत डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन् । 

पछिल्लो समय तिनै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, काठमाडौं । कुनैबेला काठमाडौंका ठमेल र दरबारमार्गमा ‘ग्याङ फाइट’ मार्फत डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन् । 

पछिल्लो समय तिनै"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुराना ‘डन’ सेलाए, ‘टोले दादा’ यसरी सक्रिय भए

८ पुष २०७३, शुक्रबार ०१:५०

पुस ८, काठमाडौं । कुनैबेला काठमाडौंका ठमेल र दरबारमार्गमा ‘ग्याङ फाइट’ मार्फत डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन् । 

पछिल्लो समय तिनै डनको सिको गर्दै काठमाडौंका विभिन्न चोक र टोलमा किशोर अवस्थाका युवाहरू ‘टोले दादा’ का रूपमा ‘ग्याङ फाइट’ मा उत्रिन थालेका छन् । 

बुधबार राति काठमाडौं पशुपति वनकाली क्षेत्रमा युवा समूहबीच चक्कु हानाहानबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। झडपमा १९ वर्षीय सोनाम तामाङको मृत्यु भएको छ । 

१८ वर्षीय विजय गुरुङ घाइते भएका छन्। घटनामा घाइते भएका सोनामको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी धरानका स्थायी बासिन्दा सोनाम बालाजुमा बस्दै आएका थिए। घाइते विजयको टाउको र कोखमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

प्रहरीका अनुसार सोनाम र विजयको समूहले यसअघि अर्को समूहलाई कुटेको थियो । सो समूहले बदला लिन उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–९, गौशालास्थित पशुपति एरियामा बस्ने ३५ वर्षीय डीके भन्ने व्यक्तिको समूहले उनीहरूको समूहलाई आक्रमण गरेको हो ।

यसअघि राजधानीको क्षेत्रपाटीमा भएको ग्याङ फाइटमा एकजनाको मृत्यु भएको थियो। युवतीको विषयलाई लिएर भएको ग्याङ फाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको थियो। फाइटमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो समूहबाट पक्राउ पर्नेमा साहस थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल थिए भने अन्य आठजना फरार छन् ।

त्यस्तै, गत साउनमा मदिरा सेवन गरी ग्याङ फाइट गर्ने सात युवती पक्राउ परेका थिए । बालकुमारीस्थित गुडविल डान्सबारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गर्ने युवतीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिखेर श्रीया तामाङ, सन्जु गुरुङ, अनु गुरुङ, सुशीला तामाङको समूह र सोफिया तामाङ, रेश्मा थोकर, लक्ष्मी क्षत्रीको समूहबीच ग्याङ फाइट परेको थियो। उनीहरूले सँगै बसेर मदिरा सेवन गरेका थिए। मदिरा लाग्न थालेपछि अपशब्द बोल्दै उनीहरूले केटाको कुरा निकालेका थिए। केटाको कुरा निस्कनासाथ उनीहरूबीच ग्याङ फाइट सुरु भएको हो ।

राजनीतिक कार्यक्रम र टेन्डरको विषयमा ग्याङ फाइट हुने त्रिचन्द क्याम्पस भने पछिल्लो समय शान्त भएको प्रहरीले जनाएको छ । राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड