३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानमाथि हातपातमा सर्बोच्च प्रशासनकै संलग्नता !

९ पुष २०७३, शनिबार ०१:४३

पुस ९, काठमाडौं । अख्तियारका निलम्बित प्रमूख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालत प्रशासनकै सलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन् ।

लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस सुरु हुनासाथ न्यौपानेले बिहिबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सुरक्षा व्यवस्थामा प्रश्न उठाए ।

‘उक्त घटनामा सर्वोच्च प्रशासनकै संलग्नताको आशंका भयो,’ न्यौपानेले भने, ‘सर्वोच्च प्रशासनको अनुमति नभई उनीहरु कसरी भित्र छिरेर कसरी कालो मोसो दल्न पाए ?’ लोकमानमाथि हातपात गर्ने व्यक्तिहरु अदालतमा प्रवेश गर्नेदेखि कालोमोसो दल्नेसम्मका क्रियाकलापबारेमा अदालत प्रशासनले प्रतिवेदन तयार गर्नुपर्ने भन्दै उनले त्यसभन्दा अगाडी बहस गर्न उचित नहुने तर्क गरे ।

‘प्रतिवेदन नआइ यो मुद्दामा बहस गर्न उचित छैन,’न्यौपानेले भने,‘सुरक्षा हुँदा त त्यो हालत छ, नहुँदाको अवस्थामा हामीले पनि कसरी सुरक्षा महसुश गर्ने ?’ नेउपालने आपत्ती जनाउँदै इजलासमा भने,‘पत्रपत्रिका र सर्वोच्चको यो कस्तो तालमेल हो ?’-कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड