पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउ"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक अर्कामाथि यसरी खनिए देउवा र ओली

९ पुष २०७३, शनिबार ०१:५९

पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउवाले आफैंले हस्ताक्षर गरेको साझा दस्तावेजका आधारमा ल्याइएको संशोधन प्रस्तावलाई स्वीकार्न ओलीलाई आग्रह गरे । 

देउवाभन्दा अघि बोलेका ओलीले सरकारले ल्याएको संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने प्रस्ताव राष्ट्र हितमा नरहेको  तर्क गर्दै त्यसलाई नमान्ने अडानमा कायमै देखिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीका अवसरमा बाँडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुवै विशेष अतिथि थिए । औपचारिक भाषणमा दुवैले एक अर्कामाथि आक्षेप लगाउन थाले ।

ढिलो गरी कार्यक्रममा पुगेका देउवाले शुरुमै ओलीसँग झगडा परेको बेला ढिलो आइयो भन्दै क्षमा मागे । ओलीले बोलेर सकेपछि मात्रै देउवा कार्यक्रममा पुगेका थिए । ‘त्यसै त ओलीजीसँग झगडा परिरहेको छ, त्यसपनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला,’ मनतव्यको शुरुमै देउवाले भने, ‘संविधान संशोधन विधेयक ओलीजीले संसदमा लैजानै दिनुभएको छैन, मधेसी जनताको भावना बुझ्न ओलीजीलाई आग्रह गर्छु ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे । उनले भने, ‘सरकारले ल्याएको संशोधनको प्रस्ताव नेपाली जनताको हितमा भएको भए मैले र मेरो पार्टीले यसलाई शिरोप गथ्र्यो तर म अरुको हितमा कबुल गर्दिनँ, बाहिरको हितहरुको कबुल एमालेले बोक्न चाहन्न ।’

एमालेले चलाएको आन्दोलन र ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै देउवाले भने, ‘मधेस र पहाडबीच मनोवैज्ञानिक असर पर्ने गरी दूरी नबढाउँ । यसले गम्भीर असर गर्छ ।’ ‘निर्वाचन हुन नसके म्यान थप्ने कुरा सँधै हुन सक्दैन । हामीले माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय संसद्को निर्वाचन गर्न सकेनौ भने संवैधानिक रिक्तता आउन सक्छ । जतिबेला पनि म्याद थप्ने कुरा हुन सक्दैन । यसले हामीलाई नालायक बनाउँछ,’ उनले भने ।

ओलीले निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक नरहेको बताए । ‘जुन कुरा आवश्यक नरहेको बताए । ‘जुन कुरा अहिले आवश्यक नै थिएन, त्यही विषय किन ल्याएको ? महोत्तरी र सिरहातिर ५ नम्बर प्रदेश टुक्र्याउने कुरा उठ्छ ?’ ओलीले प्रश्न गरे, ‘किन नेपालको पहाड र तराई मिलेर बस्न नहुने ?’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड