पुस १०, काठमाडौ | ‘दोस्रो विवाहका बारे मैले नसोचेको, नचाहेको होइन। तर म मेरा आत्मियसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही कोह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, काठमाडौ | ‘दोस्रो विवाहका बारे मैले नसोचेको, नचाहेको होइन। तर म मेरा आत्मियसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही कोह"/>
2026-08-30 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘बिहे गर्छु भन्दा जिब्रो टोक्छ समाज’

पुस १०, काठमाडौ | ‘दोस्रो विवाहका बारे मैले नसोचेको, नचाहेको होइन। तर म मेरा आत्मियसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही कोही त जिब्रो नै टोक्छन्,’ चितवनकी जाहेदा खातुन (नाम परिवर्तन) ले पीडा पोखिन्। जाहेदा २८ कि भइन्। १८ वर्षमा विवाह गरेकी उनले २० कि नहुँदै सम्बन्धविच्छेद गरिन्।

विवाह गरेको छोटो समयमै सासु र नन्दहरूको कुरा सुनेर ङीमान्‌ले दिनहुँ कुटपिट गर्न थालेपछि जाहेदाले सम्बन्धविच्छेद गरेकी हुन्। मुस्लिम समुदायकी उनी अहिले आठ वर्षकी छोरी लिएर माइतीको शरणमा छन्। सानै उमेरमा विहे भएकाले उनको शिक्षा विचमै रोकियो। शैक्षिक योग्यता र हातमा सिप नभएकै कारण उनलाई आर्थिक रूपमा आत्मनिर्भर हुन मुस्किल छ।

‘सम्बन्धविच्छेद भएपछि महिलालाई समाजले अबला र कमजोर सोच्दो रहेछ,’ उनी भन्छिन् । दोस्रो विवाहबारे पनि समाजले विभेद गरेको उनको अनुभव छ । भन्छिन्, ‘पुरुषको दोस्रो विवाहजस्तै महिलाको दोस्रो विवाहबारे हाम्रो समाज सहज छैन । अझ, मुस्लिम समुदायमा त पुरुषलाई चारवटीसम्म श्रीमती भित्र्याउने छुट छ । तर महिला भने श्रीमान्सँग छुट्टिएर बस्दैमा उसको चरित्रमाथि प्रश्न उठाइन्छ ।’ अन्य विषयमा फराकिलो सोच राख्ने आफ्नै उमेरका साथीभाइको पनि दोस्रो विवाहबारे सकारात्मक धारणा नभएको उनको अनुभव छ । भन्छिन्, ‘महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्।’

इस्लामिक कानुनका विज्ञ डा.समिम अहमदले इस्लामिक कानुनमा महिलालाई दोस्रो विवाह गर्ने पूर्ण अधिकार रहेको बताए । ‘श्रीमान् गुमाएकी या सम्बन्धविच्छेद गरेकी महिलालाई पुनर्विवाह गर्न इस्लामले रोकेको छैन, बरु प्रेरित नै गरेको छ ।’ 

इस्लामिक चेतनाको कमीका कारण मुस्लिम समुदायमा यसलाई अस्वाभाविक मान्ने गरिएको उनको अनुभव छ । 

काठमाडौंकी समिदा थापा (नाम परिवर्तन) एकल महिला हुन् । १६ वर्षअघि उनी श्रीमान्सँग कानुनी रूपमै छुट्टिइन् । १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी समिदाको वैवाहिक जीवन दुई वर्षमै समाप्त भयो । विवाहपश्चात् घरै छोडेर श्रीमान महिनौं हराउने र घरमा सासूले नोकरको जस्तो व्यवहार गर्न थालेपछि समिदाले सम्बन्धविच्छेद गरेकी हुन् । त्यसपछि एकल जीवन बिताइरहेकी छन् । उनका १५ वर्षका छोरा पनि छन् । 

सम्बन्धविच्छेदपछि समिदाको वैवाहिक जीवन मात्रै सकिएन उनले पारिवारिक माया, सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत गुमाउनुपर्‍यो । पारिवारिक हेलाको पात्र बन्न पुगेकी समिदाले १६ वर्षको अन्तरालमा धेरै पटक सोचिन्– दोस्रो विवाह गर्नुपर्छ । भन्छिन्, ‘कलिलो उमेर, अशिक्षा र चेतनाको कमीले गर्दा मलाई महिला अधिकारबारे थाहा थिएन, मैले दोस्रो विवाहबारे कसैलाई भन्न सकिनँ, निर्णय गर्न सकिनँ । 

अहिले थाहा पाउँदै छु, पुनर्विवाह महिलाको न्यूनतम अधिकार हो,’ उनले सुनाइन् । एकातिर काखको छोरा हुर्काउने जिम्मेवारी, अर्कातिर एकल महिलाप्रति समाजको फरक दृष्टिकोण, जसले गर्दा समिदाले जीवनमा धेरै ठक्कर खाइन् । भन्छिन्, ‘सचेत भएको भए पहिले नै पुनर्विवाह गर्थेँ ।’ एक्लै बाँच्न नदिने र दोस्रो विवाहको विषयलाई पनि महिलाको चरित्रसँग जोड्ने समाजदेखि दिक्क भएको गुनासो उनले गरिन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने