२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तत् साँचो मायाकै भयो जित: प्रहरीको घेरामा यसरी सम्पन्न भयो अन्तरजातीय विवाह

११ पुष २०७३, सोमबार ०३:०१

पुस, विराटनगर ।  विराटनगर ५ का २४ वर्षीय सुमन मग्रातीले सोही ठाउँकी २० वर्षीया उर्मिला खतिवडाबीचको सम्वन्धलाई लिएर तनाव उत्पन्न भएपछि प्रहरी सुरक्षामा आइतबार उनीहरूको सामाजिक रुपमा अन्तरजातीय विवाह सम्पन्न गरिएको छ । 

प्रहरीको सुरक्षा घेरा भित्र उनीहरूको अन्तरजातिय सामाजिक विवाह सम्पन्न गरिएको हो । प्रहरी सुरक्षामा विभिन्न अधिकारसंग सम्वद्ध संघ संस्था, संचारकर्मी, राजनैतिकर्मी र सामाजिक अगुवाहरुको रहोवरमा उनीहरुको विवाह सम्पन्न गरिएको हो । विवाह कार्यक्रममा सुमनका आफन्त सवै थिए भने उर्मिलाका माइती पक्षका कोहीपनि सहभागि थिएनन् । विवाहमा कुनैपनि अप्रिय घटना नहोस भनेर शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेको नेत्रृत्वमा प्रहरी परिचालन गरेको थियो।

आइतबार सुमनको घरमा आयोजना गरिएको विवाह समारोहमा सुमन र उर्मिला एक अर्काले माला लगाएर संगै जीउने बाचा गरेका छन्। विवाह समारोहमा सभासद् अमनलाल मोदी, दलित अधिकारकर्मी उमेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पूर्वाञ्चल सहइन्चार्ज गणेश लम्साल, राजनैतिकर्मी, विभिन्न क्षेत्रका अगुवाहरु र संचारकर्मीको सहभागिता रहेको थियो। विवाहमा उपस्थित सवैले अन्तरजातिय जोडीलाई टिका र माला लगाएर बैबाहिक जीवन सफलताको शुभकामना दिए।

आफूहरुको ६ बर्षदेखिको प्रेम सम्वन्ध रहेको उनीहरुले बताए। प्रेम सम्वन्धलाई विवाहमा परिणत गर्नका लागि उनीहरुले २०७१ जेठ ५ गते जिल्ला अदालत सुनसरीबाट पति पत्नीको नाता कायम गराएका थिए। उर्मिलाका माइती पक्षले जातको कुरा झिकेर समस्या ल्याउन सक्ने भएका कारण कानुनी रुपमा बलियो हुनका लागि आफूहरूले सुरुमै अदालतमा गएर पति पत्नीको नाता कायम गरेको सुमनले बताए। तर खतिवडा परिवारले साउन २१ गते सुमनबाट उर्मिलालाई अलग बनाएर आफ्नो नियन्त्रणमा राखेका थिए। उर्मिलाका माइती पक्षले दलित भएर ब्राह्मणकी छोरीसंग विवाह गरेको भन्दै यो जोडीलाई छुटाउनका लागि मग्राती परिवारलाई पटक पटक दु:ख दिंदै आएका थिए भने उर्मिलालाई सुमनबाट अलग बनाएर आफ्नो नियन्त्रणमा राखेका हुन्। माइतीको नियन्त्रणमा रहेकी उर्मिला भदौ १ गते पून भागेर सुमनसंगै गएपछि उनका माइती पक्षले सुमनका बुवा केशव मग्राती माथिपनि त्यही राती कुटपिट गरेका थिए।

खतिवडा परिवारले मग्राती परिवारलाई दु:ख दिन उर्मिलालाई दबाब दिएर मोरङ जिल्ला अदालतमा साउन २७ गते पति सुमनसँग सम्वन्ध बिच्छेद र अंश मुद्दा पनि दर्ता गराउन लगाएका थिए। नियन्त्रणमा लिएर आफूलाई दबाव र धम्की दिएपछि आफूले सुमनका विरुद्ध मुद्धा दर्ता गर्न बाध्य भएको उर्मिलाले बताइन। उनले अव अदालतमा गएर त्यो मुद्धा फिर्ता लिने पनि बताइन। छुवाछुत तथा दलित र गैरदलितका विषयलाई लिएर नफेरिएको सामाजिक संरचनाप्रति दु:ख लागेको उर्मिलाको भनाइ छ। ‘हामीले मन मिलेर विवाह गरेका हौं’, उनले भनिन्, ‘दलित र गैरदलितको विषय झिकेर छुटाउन खोज्दा त्यतिबेर अन्यायमा परेको अनुभूति भयो।’

विवाह गरेपछि दलित भनेर उर्मिलासंग अलग गराइदा आफूलाई दु:ख लागेको सुमनले बताए। ‘पछि अप्ठेरो पर्छ भनेर पहिलेनै अदालतबाट नाता कायमपनि गराएका थियौं त्यसपछि बुढा शुव्वा मन्दिरमा गएर संगै जिउने कसमपनि खाएका थियौं’, सुमनले भने, ‘तर पछि छुटाउने प्रयास धेरै हुँदा हामी ठूलो मारमा प:यौं।’ यस अघि हाम्रो विवाहले कानुनी र धार्मिक मान्यता प्राप्त गरेको थियो तर आजदेखि सामाजिक मान्यतापनि प्राप्त गर्दा निक्कै खुसी लाग्यो उनले भने।

दलित अधिकारकर्मी विश्वकर्माले अन्तरजातिय विवाह गर्दा गाउँबाटै विस्थापित हुनु पर्ने अवस्था आएका कारण पूनस्थापना गराएर यो जोडीको सामाजिक विवाह गरिएको बताए। ‘केटीका माइती पक्षको दबाब र धम्की आदी कारणले यो जोडी केही दिनदेखि गाउँमा बस्न नसकेर विस्थापित बनेको थियो’, उनले भने, ‘गाउँमा बस्न सक्ने बाताबरण बनाउनपनि सामाजिक विवाह गर्नु परेको हो।’ स्थानीय प्रहरी प्रशासनको सहयोग र सरोकारवालाहरुको राहोवरमा विवाह सम्पन्न भएको विश्वकर्माले जानकारी दिए। उनले सुमन र उर्मिलाको जोडीले कानुनी मान्यता प्राप्त गरिसकेपनि डर धम्कीका भरमा छुटाउने प्रयास भएकाले सामाजिक रुपमा स्थापित गर्न तथा सामाजिक मान्यता प्रदान गर्न सवै पक्षको सहयोग र प्रहरी सुरक्षामा विवाह गरिएको बताए।

सभासद् मोदीले सामाज रुपान्तरण र परिवर्तनका लागि सुमन र उर्मिलाले साहस गरेको बताए। मोदीले विवाह गरेकै विषयमा अन्तरजातिय जोडीले अझैपनि तनाव भोग्नु पर्ने अवस्था उत्पन्न हुनु दु:खको कुरा भएको बताए। उनले अझैसम्म रहिरहेको जातिय छुवाछुतको अन्त्य गरेर छुवाछुत मुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वायन र छुवाछुतका विषयमा बनेको कानुन कार्यान्वायन प्रभावकारी बनाउने विषयमा सदनमा कुरा उठाउने समेत बताए।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले विवाहको विषयलाई लिएर दुई परिवारविच केही समय अघि खटपटी रहेका कारण सामाजिक रुपमा विवाह सम्पन्न भइरहँदा शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए। मग्राती परिवारलाई कुनैपनि समस्या तथा आक्रमण नहोस भनेर सुरक्षाका लागि प्रहरी पठाइएको उनले बताए। 

अन्तरजातिय विवाहको विषयमा जातिय विभेद हुने खालका काम कोही कसैले गरेमा तथा अन्तरजातिय विवाह गरेको जोडीलाई अनआवश्यक तनाव र दु:ख दिने काम गरेमा तत्काल पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइने डिएसपी ढकालले बताए। उनले अन्तरजातिय विवाहलाई कानुनले मान्यता दिइसकेका कारण कसैले कानुन हातमा लिने काम गर्न नमिल्ने बताए। सुमन र उर्मिलाका परिवारविच गत बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा यो जोडीलाई पूनस्थापना गराएर ससम्मान साथ गाउँमै बस्न पाउने बाताबरण तयार गर्ने सहमति पनि भएको थियो। -अन्नपुर्ण पोस्ट्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने