पुस २२, काठमाडौं । युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, काठमाडौं । युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ए"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलकै उच्च अधिकारीको मिलेमतोमा ३३ किलो सुन

२२ पुष २०७३, शुक्रबार ०१:२५

पुस २२, काठमाडौं । युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेको हो । स्रोतका अनुसार सोधपुछका क्रममा पक्राउ परेका शाहीले विमानस्थलका उच्च अधिकारीहरूले नै सहयोग गरेको संकेत गरेका छन् । 

भन्सारको स्क्रिनिङमा सुनलगायत अवैध वस्तु कर्मचारीलाई थाहा हुन्छ । तर, ३३ किलो सुन एउटै सुटकेसमा लुकाउँदा पनि थाहा नपाउनुले यसमा मिलेमतो रहेको प्रहरी दाबी छ । स्रोतका अनुसार सुन रहेका ब्यागहरूबारे भन्सारका कर्मचारीलाई पहिले नै सूचना दिइएको हुन्छ, जसका कारण उनीहरूले ती ब्यागहरूमा चेकजाँच गर्दैनन् ।

दुई सय ८२ वटा सुनका बिस्कुटको तौल करिब ३२ किलो ८ सय ८१ सय ग्राम छ । त्यस्तै, औँठी र माला करिब ६ सय ८४ ग्रामबराबरको रहेको प्रहरीले जनाएको छ । बरामद सुन करिब १५ करोड मूल्यबराबरको छ । प्रहरीले एकैपटक बरामद गरेको यो दोस्रो ठूलो परिमाण हो । 

विमानस्थलबाटै तस्करी भई आएको यति धेरै परिमाणको सुन भने पहिलोपटक बरामद भएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । विदेशबाटै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनी बताउँछन् । तस्करीको सुन कसको भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’