पुस २८, काठमाडौं | मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौं | मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँमा थ्रीजी, सहरमा फोरजी

२८ पुष २०७३, बिहीबार ०२:१७

पुस २८, काठमाडौं | मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ। 

यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन्। तीन वर्ष अघिसम्म सहरमा पनि राम्रोसँग नचल्ने थ्रीजी (थर्ड जेनेरेसन) सेवा अब गाउँसम्मै पुगिसकेको छ भने नयाँ वर्षसँगै सहरी क्षेत्रका उपभोक्ताले फोरजी चलाउन थालिसकेका छन्। 

नेपाल टेलिकमले हाल राजधानी काठमाडौं र पोरखामा फोरजी सेवा संचालनमा ल्याएको छ। सहरमा फोरजी सेवा सञ्चालन भइरहँदा सेवा प्रदायक कम्पनीहरू गाउँमा भने थ्रीजी सेवा विस्तारमा आक्रामक रूपमा प्रस्तुत भएका छन्। यसले गाउँदेखी सहरसम्म डेटा सेवाको पहुँच उल्लेख्य बढेको देखिन्छ। 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म कुल जनसंख्याको ५३.२९ प्रतिशतले डेटा सेवा प्रयोग गरेका छन्। १ करोड ४१ लाख २० हजार डेटा प्रयोगकर्तामध्ये अधिकांश प्रयोगकर्ता मोबाइलमा आधारित छन्। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल मोबाइल सेवाको पहुँच बढेसँगै डेटा प्रयोग बढेको बताउँछन्। “सहरमा फोरजी संचालन हुँदा अहिले जिल्लामा थ्रीजी सेवाको व्यापक विस्तार भएको छ,” उनले भने, “सूचना प्रविधिको विकास सहरदेखी गाउँसम्मै भएको छ।” 

अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै राजधानीमा लङटर्म इभोलुसन (एलटीई) फोरजी सेवाको सुरुवात भएको छ भने यसलाई प्रविधिका क्षेत्रमा एउटा फड्को भन्ने गरिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले राजधानीलगायत देशका प्रमुख सहरमा फोरजी सेवा विस्तारलाई पहिलो चरणमा विस्तार गर्ने कार्ययोजना अगाडी सारेको छ। 

अहिले कम्पनीले प्रस्तावित गाउँपालिकामा थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ। कम्पनीले सहरमा फोरजी र गाउँमा थ्रीजी हुँदै समग्र देशमा ब्रोडव्याड इन्टरनेट पुर्याउने जनाएको छ। राजधानी लगायतका देशका १५ सहरमा पहिलो चरणमा फोरजी सेवा संचालन गर्ने कम्पनीको लक्ष्य छ। 

टेलिकमले संचालनमा ल्याएको फोरजी सेवामा ३२.४ एमवीपीएस पिक डेटारेट डाउनलोड गति छ। आईपी टेलिफोनी, गेमिङ सर्भिस, भिडियो कन्फरेन्सिङ, हाई डेफिनेसन मोवाइल टिभी तथा क्याउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आर्कषण हुन।

थ्रीजी सेवामा भने टेलिकम र एनसेलको तिब्र प्रतिस्पर्धा छ। एनसेलले टूजीमा आधारित भ्वाईस र डेटा सेवा देशैभरी पुर्याइसकेको छ। डेटा सेवा दुर्गम स्थानहरूमा पुर्याउन र आफ्नो थ्रीजी सेवा ७५ जिल्लामै पुर्याउन कम्पनीले डेटामा फोकस हुँदै काम गरिरहेको छ। अहिले कम्पनीले थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ। – कारोबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’