पुस २८, काठमाडौं | मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौं | मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँमा थ्रीजी, सहरमा फोरजी

२०७३, २८ पुष बिहीबार ०२:१७

पुस २८, काठमाडौं | मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ। 

यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन्। तीन वर्ष अघिसम्म सहरमा पनि राम्रोसँग नचल्ने थ्रीजी (थर्ड जेनेरेसन) सेवा अब गाउँसम्मै पुगिसकेको छ भने नयाँ वर्षसँगै सहरी क्षेत्रका उपभोक्ताले फोरजी चलाउन थालिसकेका छन्। 

नेपाल टेलिकमले हाल राजधानी काठमाडौं र पोरखामा फोरजी सेवा संचालनमा ल्याएको छ। सहरमा फोरजी सेवा सञ्चालन भइरहँदा सेवा प्रदायक कम्पनीहरू गाउँमा भने थ्रीजी सेवा विस्तारमा आक्रामक रूपमा प्रस्तुत भएका छन्। यसले गाउँदेखी सहरसम्म डेटा सेवाको पहुँच उल्लेख्य बढेको देखिन्छ। 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म कुल जनसंख्याको ५३.२९ प्रतिशतले डेटा सेवा प्रयोग गरेका छन्। १ करोड ४१ लाख २० हजार डेटा प्रयोगकर्तामध्ये अधिकांश प्रयोगकर्ता मोबाइलमा आधारित छन्। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल मोबाइल सेवाको पहुँच बढेसँगै डेटा प्रयोग बढेको बताउँछन्। “सहरमा फोरजी संचालन हुँदा अहिले जिल्लामा थ्रीजी सेवाको व्यापक विस्तार भएको छ,” उनले भने, “सूचना प्रविधिको विकास सहरदेखी गाउँसम्मै भएको छ।” 

अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै राजधानीमा लङटर्म इभोलुसन (एलटीई) फोरजी सेवाको सुरुवात भएको छ भने यसलाई प्रविधिका क्षेत्रमा एउटा फड्को भन्ने गरिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले राजधानीलगायत देशका प्रमुख सहरमा फोरजी सेवा विस्तारलाई पहिलो चरणमा विस्तार गर्ने कार्ययोजना अगाडी सारेको छ। 

अहिले कम्पनीले प्रस्तावित गाउँपालिकामा थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ। कम्पनीले सहरमा फोरजी र गाउँमा थ्रीजी हुँदै समग्र देशमा ब्रोडव्याड इन्टरनेट पुर्याउने जनाएको छ। राजधानी लगायतका देशका १५ सहरमा पहिलो चरणमा फोरजी सेवा संचालन गर्ने कम्पनीको लक्ष्य छ। 

टेलिकमले संचालनमा ल्याएको फोरजी सेवामा ३२.४ एमवीपीएस पिक डेटारेट डाउनलोड गति छ। आईपी टेलिफोनी, गेमिङ सर्भिस, भिडियो कन्फरेन्सिङ, हाई डेफिनेसन मोवाइल टिभी तथा क्याउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आर्कषण हुन।

थ्रीजी सेवामा भने टेलिकम र एनसेलको तिब्र प्रतिस्पर्धा छ। एनसेलले टूजीमा आधारित भ्वाईस र डेटा सेवा देशैभरी पुर्याइसकेको छ। डेटा सेवा दुर्गम स्थानहरूमा पुर्याउन र आफ्नो थ्रीजी सेवा ७५ जिल्लामै पुर्याउन कम्पनीले डेटामा फोकस हुँदै काम गरिरहेको छ। अहिले कम्पनीले थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ। – कारोबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन