माघ २०, काठमाडौं । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, काठमाडौं । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे त"/>

2026-07-11 03:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने

2017-02-02


माघ २०, काठमाडौं । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।

‘जोखिमको अवस्थामा पुगेकामध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा पुल शाखा प्रमुख सरोजकुमार प्रधानले भने । सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ । तर, अधिकांश पुल निर्माण भएको ४० वर्ष पूरा भइसकेको छ । केही ४५ वर्ष पुगेका छन् ।

जोखिममा पुगेकामध्ये केहीको ‘लाइफ स्पान’ पूरा हुन लागेका, केही खोलाको बहावका कारण असर गरेका र केही डिजाइनमा कमजोरी हुँदा जोखिमको अवस्थामा रहेका छन् । जोखिमको अवस्थामा पुगेकामध्ये २९ वटा रणनीतिक सडक पुल र ९७ वटा स्थानीय सडक पुल अझ बढी खतरामा रहेको प्रधानले बताए ।

पुल मर्मतमा बजेट थोरै

सडक विभागका अनुसार सरकारले नयाँ पुल निर्माणलाई धेरै प्राथमिकता दिए पनि बनेका पुलको मर्मतसम्भारमा ध्यान दिएको छैन । सडक मर्मत गर्न विनियोजित बजेटसमेत कम रहेको छ । चालू आर्थिक वर्ष ०७३/७४ मा पुल मर्मत गर्न ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

गत आर्थिक वर्ष ०७२/७३ मा ७० करोड रुपैयाँ विनियोजन भएको महानिर्देशक प्रधानको भनाइ छ । यस वर्ष विभागले दुई सय ५४ वटा पुल मर्मतको योजना ल्याएको छ । सरकारले मर्मतसम्भार गर्न पर्याप्त बजेट नदिने र थप माग गर्दा प्रक्रिया पु¥याउँदा–पु¥याउँदै ढिला हुने गरेको विभागका अधिकारीहरूको अनुभव छ । जोखिमको अवस्थामा पुगेका देशभरका पुलको लगत पत्ता लगाउन अध्ययन गर्न मात्र दुई वर्ष लाग्ने विभागले जानकारी दिएको छ । ‘अध्ययन नगरेसम्म के–कस्तो मर्मत गर्ने, कति खर्च लाग्छ भन्ने कुरा यकिन भन्न सकिँदैन,’ उपमहानिर्देशक प्रधानले भने ।

१२ सयवटा पुल निर्माणाधीन

सडक विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत अहिले एक हजार एक सय ९१ वटा पुल निर्माण भइरहेका छन । तीमध्ये स्थानीय सडक पुल नौ सय तीनवटा छन् भने रणनीतिक सडक पुल दुई सय ८८ वटा छन् ।

बारादेखि नवलपरासीसम्मका पुल उच्च जोखिममा

महेन्द्र राजमार्गअन्तर्गत बारादेखि नवलपरासीसम्मका ६८ पुल उच्च जोखिममा छन् । यो क्षेत्रमा पर्ने बागमती पुल, चाँदी पुल, रोतोगोला पुल, उनासी, तेह्रकिलो, पासाह, बैजुरा, बालगंगा लगायतका पुल जोखिममा छन् । त्यस्तै, काठमाडौं उपत्यकाभित्रको टेकु–कालीमाटीस्थित पुल पनि जोखिममा छ । ‘बारादेखि नवलपरासीसम्मका पुल उच्च जोखिममा छन् । तर, यही रुटको चितवन जिल्लामा पर्ने पुलहरू भने सुरक्षित छन्,’ सडक विभागको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले भने ।

मर्मत नगरे विस्थापन मात्र विकल्प

जोखिममा पुगेका पुललाई मर्मत, रिडिजाइन र आंशिक विस्थापन नगर्ने हो भने भत्काएर नया“ निर्माण गर्नुको विकल्प छैन । ‘यस्ता उपाय अपनाउने हो भने जोखिममा रहेका पुलको थप १० वर्ष आयु वृद्धि गर्न सकिन्छ,’ सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले भने । यसले राज्यको करोडौ“ रकम तत्कालका लागि खर्च हुनबाट जोगाउनेछ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या