माघ २४, काठमाडौं | चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २४, काठमाडौं | चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससह"/>
2026-07-11 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको लागि कतार पुगेका नेपालीहरु अलपत्र

माघ २४, काठमाडौं | चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससहित कतारी निकायमा पुगे पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

आठ महिनाअघि कतार पुगेका उनीहरू टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए । उनीहरूलाई खानासमेत अभाव हुन थालेको छ । चितवनका कृष्णप्रसाद ढकाल, बुटवलका रवि खत्री, रूपन्देहीका हरिनारायण थारू र सफिक महमद फगिर, स्याङ्जाका रिगबहादुर गुरुङ, दैलेखका कुमार राजु शाही, मोरङका विनोदकुमार, डगलसिंह लिम्बू, विमल धामी थारू र अरविन चौधरी, नवलपरासीका राजेश, धनुषाका मोगेन्द्र महरा, सुरजकुमार राई, बोएलाल मण्डल र रामभगत गोटिया, महोत्तरीका नसोम, कैलालीका नारायण चौधरी, सुनसरीका प्रेमप्रकाश चौधरी, ताप्लेजुङका फुर्वा शेर्पा, दाङका यज्ञबहादुर केसी, सर्लाहीका सद्दाम हुसेन र सप्तरीका सुरशकुमार चौधरी कतारमा अलपत्र परका हुन्  ।

कम्पनीले पीडित कामदारको आवासीय भिसासमेत लगाइदिएको छैन । पीडित कामदार स्वदेश पठाइदिन भन्दै कतारको खोज अनुसन्धान केन्द्रसमेत पुगेका थिए । ‘केन्द्रले टिकट लिएर आउन भनेको छ, हामीसँग टिकट छैन,’ सप्तरीका चौधरीले भने, ‘टिकट जुटाउने प्रयास भइरहेको छ ।’ कम्पनीका व्यवस्थापक भने तलब र टिकट दिन्छु भन्दै राहदानी दिएर सम्पर्कविहीन भएका छन् । - कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ