काठमाडौँ | तपाईंले नयाँ एन्ड्रोइड फोन लिनुभयो र त्यसमा गुगल एकाउन्ट पनि सेट गर्नुभयो, ह्वाट्स एप, इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता एप्स पनि डाउनलोड गर्नुभयो भने तपाईंक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ | तपाईंले नयाँ एन्ड्रोइड फोन लिनुभयो र त्यसमा गुगल एकाउन्ट पनि सेट गर्नुभयो, ह्वाट्स एप, इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता एप्स पनि डाउनलोड गर्नुभयो भने तपाईंक"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको मोबाइल डाटा सुरक्षित राख्न अब यसो गनुस् !

४ फाल्गुन २०७३, बुधबार ०१:२७

काठमाडौँ | तपाईंले नयाँ एन्ड्रोइड फोन लिनुभयो र त्यसमा गुगल एकाउन्ट पनि सेट गर्नुभयो, ह्वाट्स एप, इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता एप्स पनि डाउनलोड गर्नुभयो भने तपाईंको मोबाइलको डाटा चोरी हुने सम्भावना बढी हुन्छ । अधिकांशले मोबाइल लापरबाहीपूर्वक जहाँतहीँ राख्ने गर्छन् । जब कि फोन एउटा यस्तो डिभाइस हो, जसले हाम्रोबारेमा सबैभन्दा बढी जानकारी दिन्छ । फोन चोरी भएमा यही डाटाको गलत प्रयोग हुने सम्भावना हुन्छ । त्यसैले डिजिटल डाटाको गलत प्रयोग हुनबाट जोगिन यस्तो तरिका अपनाउन सकिन्छः

सबैभन्दा पहिला फोनको स्टोर इन्फर्मेसन जोगाउन स्क्रिन लक आवश्यक हुन्छ । त्यसका लागि सेटिङमा जानुपर्छ । त्यसपछि स्क्रोल गरेर सेक्युरिटी ट्याप गर्दै कुनै पनि एउटा स्क्रिन लक फिक्स गर्न सकिन्छ । जसले गर्दा कोही कसैले पनि तपाईंको फोनमा भएका डाटा गलत प्रयोग गर्न सक्दैन । आफ्नो चाहनाअनुसार प्याटर्न लक, पिन लक, पासवर्ड लक या फिंगरप्रिन्ट लक पनि गर्न सकिन्छ ।

डिजिटल डाटाको सुरक्षाका लागि एन्ड्रोइडको इनक्रिप्ट फिचर प्रयोग गर्न सकिन्छ । यो विकल्प सेटिङ सेक्युरिटीमा उपलब्ध हुन्छ । कुनै स्मार्टफोनमा भने सेटिङ प्राइभेसीमा पनि हुन्छ । आफ्नो डिभाइसलाई इनक्रिप्ट गरेर एकाउन्टको एप्स, म्युजिक तथा अन्य डाटा बचाउन सकिन्छ । यसले फोन कुनै गलत हातमा पर्दा पनि डिजिटल डाटा लकमार्फत सुरक्षित रहन्छ ।

यदि मोबाइलमा पहिलादेखि नै म्यानेजर एक्टिभेट छैन भने अर्को विकल्प छ । सेटिङ सेक्युरिटी या सेटिङ प्राइभेसीमा यो विकल्प हुन्छ । एन्ड्रोइड डिभाइस म्यानेजर एक्टिभेट गरेपछि android.comdevicemanager मा गुगल एकाउन्ट साइन इन गरेर यसले काम गरेको छ/छैन परीक्षण गर्न सकिन्छ । यसले अनलाइनमा मोबाइलको लोकेसन म्याप डिस्प्ले गराउँछ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता