काठमाडौँ | तपाईंले नयाँ एन्ड्रोइड फोन लिनुभयो र त्यसमा गुगल एकाउन्ट पनि सेट गर्नुभयो, ह्वाट्स एप, इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता एप्स पनि डाउनलोड गर्नुभयो भने तपाईंक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ | तपाईंले नयाँ एन्ड्रोइड फोन लिनुभयो र त्यसमा गुगल एकाउन्ट पनि सेट गर्नुभयो, ह्वाट्स एप, इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता एप्स पनि डाउनलोड गर्नुभयो भने तपाईंक"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको मोबाइल डाटा सुरक्षित राख्न अब यसो गनुस् !

२०७३, ४ फाल्गुन बुधबार ०१:२७

काठमाडौँ | तपाईंले नयाँ एन्ड्रोइड फोन लिनुभयो र त्यसमा गुगल एकाउन्ट पनि सेट गर्नुभयो, ह्वाट्स एप, इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता एप्स पनि डाउनलोड गर्नुभयो भने तपाईंको मोबाइलको डाटा चोरी हुने सम्भावना बढी हुन्छ । अधिकांशले मोबाइल लापरबाहीपूर्वक जहाँतहीँ राख्ने गर्छन् । जब कि फोन एउटा यस्तो डिभाइस हो, जसले हाम्रोबारेमा सबैभन्दा बढी जानकारी दिन्छ । फोन चोरी भएमा यही डाटाको गलत प्रयोग हुने सम्भावना हुन्छ । त्यसैले डिजिटल डाटाको गलत प्रयोग हुनबाट जोगिन यस्तो तरिका अपनाउन सकिन्छः

सबैभन्दा पहिला फोनको स्टोर इन्फर्मेसन जोगाउन स्क्रिन लक आवश्यक हुन्छ । त्यसका लागि सेटिङमा जानुपर्छ । त्यसपछि स्क्रोल गरेर सेक्युरिटी ट्याप गर्दै कुनै पनि एउटा स्क्रिन लक फिक्स गर्न सकिन्छ । जसले गर्दा कोही कसैले पनि तपाईंको फोनमा भएका डाटा गलत प्रयोग गर्न सक्दैन । आफ्नो चाहनाअनुसार प्याटर्न लक, पिन लक, पासवर्ड लक या फिंगरप्रिन्ट लक पनि गर्न सकिन्छ ।

डिजिटल डाटाको सुरक्षाका लागि एन्ड्रोइडको इनक्रिप्ट फिचर प्रयोग गर्न सकिन्छ । यो विकल्प सेटिङ सेक्युरिटीमा उपलब्ध हुन्छ । कुनै स्मार्टफोनमा भने सेटिङ प्राइभेसीमा पनि हुन्छ । आफ्नो डिभाइसलाई इनक्रिप्ट गरेर एकाउन्टको एप्स, म्युजिक तथा अन्य डाटा बचाउन सकिन्छ । यसले फोन कुनै गलत हातमा पर्दा पनि डिजिटल डाटा लकमार्फत सुरक्षित रहन्छ ।

यदि मोबाइलमा पहिलादेखि नै म्यानेजर एक्टिभेट छैन भने अर्को विकल्प छ । सेटिङ सेक्युरिटी या सेटिङ प्राइभेसीमा यो विकल्प हुन्छ । एन्ड्रोइड डिभाइस म्यानेजर एक्टिभेट गरेपछि android.comdevicemanager मा गुगल एकाउन्ट साइन इन गरेर यसले काम गरेको छ/छैन परीक्षण गर्न सकिन्छ । यसले अनलाइनमा मोबाइलको लोकेसन म्याप डिस्प्ले गराउँछ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन