2026-07-05 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला

मोरङ | मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गको एक पुलनजिक ४ वटा सिलिण्डर बम फेला परेको छ।
नगरपालिका–७ स्थित मालती पुलनजिक स्थानीयले बम रहेको जानकारी गराएसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र आर्मीको टोलीले खोजबिन सुरु गरेको थियो।

सोही क्रममा बिहीबार दिउँसो सुरक्षा निकायले पुलबाट करिब १२ मिटर पश्चिम जमिन खनेर लुकाइएको अवस्थामा ४ वटा सिलिण्डर बम बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार हाल घटनास्थललाई सुरक्षित राखिएको छ।

सशस्त्र माओवादी द्वन्द्वका समयबाटै सो क्षेत्रमा विष्फोटक पदार्थ राखिएको सूचना प्रहरीमा आएको बताउँदै प्रवक्ता जोशीले हाल पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाएको थियो।

बिहान करिब ८ बजेदेखि सवारीसाधनलाई अर्को सडकतर्फ डाइभर्ट गरी यातायात सञ्चालन गरिएको छ। हाल सो क्षेत्रमा सडक विस्तारको काम जारी छ। फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै