चैत १, काठमाडौँ । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १, काठमाडौँ । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उ"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीनारायण शाहको जन्म जयन्ती छुटेपछि

१ चैत्र २०७३, मंगलवार ०१:४४

चैत १, काठमाडौँ । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो। एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि प्रस्ताव पारित नभएको हो।

‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो, अरु केही बिषय पनि मिलाउनु पर्ने देखिएकोले त्यो प्रस्ताव पारित नभएको हो,’ ती मन्त्रीले भने। गृहमन्त्री बिमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो। गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा बिदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन ।

गृहमन्त्रालयको प्रस्ताव अनुसार मजदुर दिवस बैशाख १८ गते सोमबार,गणतन्त्र दिवस जेठ १५ गते सोमबार,निजामति सेवा दिवस भदौ २२ गते बिहीबार, संविधान दिवस असोज ३ गते मंगलबार,अन्तराष्ट्रिय अपाङग दिवस मंसिर १७ गते,शहीद दिवस माघ १६ गते मंगलबार,राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते सोमबार, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते बिहीबारका लागि प्रस्ताव गरिएको छ।

गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावमा वुद्ध जयन्ती बैशाख २७ गते बुधवार, श्रीकृष्ण जन्माष्टमी साउन ३० गते सोमबार,नेपाली सिख धर्मालम्बीले मनाउने गुरु नानक जयन्ती कात्तिक १८ गते शनिवार,किराँत धर्मालम्बीले मनाउने फाल्गुनन्द जयन्ती कात्तिक २५ गते,जैन धर्मालम्बीले मनाउने महावीर जयन्ती चैत १५ गते र चैत ११ गते रामनवमी निर्धारण गरिएको उल्लेख छ। प्रस्तावमा विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरुलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रस्तावमा अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, प्रहरी,फायर ब्रिगेड,टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग,हुलाक,आकाशवाणी जस्ता आकिस्मक सेवा प्रदान गर्ने मन्त्रालय,बिभाग तथा कार्यालयहरुले सार्वजनिक विदाका दिनमा समेत काम काज गर्नु पर्ने हुँदा त्यस्ता कार्यालयहरुमा दैनिक काम नरोकिने गरी सार्वजनिक विदाका दिन काम गरेवापत प्रचलित कानुनको रीत पुरयाइ सट्टा विदा बस्न पाइने उल्लेख छ। -अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला