चैत ३, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा ता"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत पुगेर बाबुरामले भने- भारत र चीनलाई द्वन्द्वबाट जोगायौं

३ चैत्र २०७३, बिहीबार ०१:५४

चैत ३, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा तानिने खतराबाट जोगाएको खुलासा गरेका छन् ।

नयाँ दिल्लीमा बुधबार आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा ‘बुलेट टु व्यालेट’ बिषयमा दिएको लिखित मन्तव्यमा भट्टराईले त्यस्तो खुलासा गरेका हुन् । ‘उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको वीचमा रहेको संवेदनशील भू-राजनीतिक अवस्थिति थियो ।

समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यो चर्कदै जाँदा छरछिमेकीलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो’ माओवादी सशस्त्र विद्रोहका एक मुख्य नेता समेत रहेका भट्टराईले भने । 

माओवादीले आफना बैचारिक मान्यताहरुलाई थाति राखेर परम्परागत रुपमा उदारवादी लोकतन्त्रसँग सम्बद्ध नीजि सम्पतिको संरक्षण,कानुनी राज,शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसाथ गरेको उल्लेख गर्दै भट्टराईले माओवादी र गैरमाओवादीहरु वीचको प्रतिबद्धता,समझदारी र सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेको उल्लेख गरेका छन् ।

‘तपाई महासागर पार गर्न सक्नुहुन्न,जवसम्म तपाईले देखेको किनारालाई पछाडि छोडने साहस राख्नुहुन्न’ भन्ने क्रिष्टोफर कोलम्बसको भनाईबाट भट्टराइले आफनो मन्तव्य टुंग्याएका थिए । ‘मैले त्यहि बुलेटमा देखिएको किनारालाई पछाडि छोडने साहस बटुल्दै विश्व समाजलाई व्यालेटको माध्यमबाट प्रगतिशिल बिश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु । 

त्यसैले शान्ति,समृद्धि,न्याय र समानताको वस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरी हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔ’ भट्टराईले भने । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन