चैत ५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् ।"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीले निधिलाई सोधे, ‘दस महिनामै ३ चुनाव होला त ?’

५ चैत्र २०७३, शनिबार ०३:५६

चैत ५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् । 

भारतमा आतंकवादसम्बन्धी सम्मेलनमा भाग लिन आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् । 

निधिले आगामी वैशाख ३१ मा स्थानीय चुनाव र त्यसपछि क्रमश: प्रादेशिक तथा केन्द्रीय संसदको निर्वाचन तयारी भइरहेको बताएपछि मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् ।

मोदीसँगको भेटपछि कान्तिपुरसँगको कुराकानीमा निधिले संविधान संशोधन तथा मधेसवादी दलहरूको मागबारे ‘स्पेसिफिक’ कुरा नभएको बताए । उनले स्थानीय चुनावका लागि आवश्यक पर्ने लजिस्टिक सहायताबारे मोदीलाई अनुरोध गरेको र सकारात्मक जवाफ पाएको बताए।  

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा भारतीय पक्षले निधिलाई मधेसवादी दलहरूका मागलाई सम्बोधन गरेर निर्वाचनमा जान आग्रह गरेको थियो ।

मोदी र निधिबीचको भेटपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा निधिले मोदीलाई नेपालको पछिल्लो विकसित घटनाक्रमबारे जानकारी गराएको उल्लेख छ । तर पछिल्लो घटनाक्रमबारे के उल्लेख भयो भन्ने खुलाइएको छैन ।

मोदीले निधिसँग सदीयौंदेखिको दुई देशको सम्बन्ध अझ सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएको वक्तव्यमा उल्लेख छ । मोदीले नेपालले गर्ने आर्थिक र सामाजिक विकासका लागि भारतले सधैं सहयोग गर्ने बताएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनामा दु:ख व्यक्त गर्दै त्यसको निष्पक्ष छानबिन गर्ने र दोषी पाइएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी घटनाका बारेमा सत्यतथ्य छानबिन गर्छांै र दोषी पाइएमा कारबाही गर्दछौं, यसमा नेपालले चिन्ता गर्नु पर्दैन,’ मोदीको भनाइ उद्धृत गर्दै निधिले भने । 

निधिले भने नेपालको अनुसन्धानले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नै नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको देखिएको जानकारी गराएका थिए। नेपालले यस अगाडि नै भारतले मागेअनुसार पोस्टमार्टम रिपोर्ट उपलब्ध गराइसकेको छ । नेपालले भारतलाई पटक–पटक घटनाको सम्बन्धमा गल्ती स्वीकार गर्न आग्रह गरिसकेको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…