चैत ५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् ।"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीले निधिलाई सोधे, ‘दस महिनामै ३ चुनाव होला त ?’

२०७३, ५ चैत्र शनिबार ०३:५६

चैत ५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् । 

भारतमा आतंकवादसम्बन्धी सम्मेलनमा भाग लिन आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् । 

निधिले आगामी वैशाख ३१ मा स्थानीय चुनाव र त्यसपछि क्रमश: प्रादेशिक तथा केन्द्रीय संसदको निर्वाचन तयारी भइरहेको बताएपछि मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् ।

मोदीसँगको भेटपछि कान्तिपुरसँगको कुराकानीमा निधिले संविधान संशोधन तथा मधेसवादी दलहरूको मागबारे ‘स्पेसिफिक’ कुरा नभएको बताए । उनले स्थानीय चुनावका लागि आवश्यक पर्ने लजिस्टिक सहायताबारे मोदीलाई अनुरोध गरेको र सकारात्मक जवाफ पाएको बताए।  

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा भारतीय पक्षले निधिलाई मधेसवादी दलहरूका मागलाई सम्बोधन गरेर निर्वाचनमा जान आग्रह गरेको थियो ।

मोदी र निधिबीचको भेटपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा निधिले मोदीलाई नेपालको पछिल्लो विकसित घटनाक्रमबारे जानकारी गराएको उल्लेख छ । तर पछिल्लो घटनाक्रमबारे के उल्लेख भयो भन्ने खुलाइएको छैन ।

मोदीले निधिसँग सदीयौंदेखिको दुई देशको सम्बन्ध अझ सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएको वक्तव्यमा उल्लेख छ । मोदीले नेपालले गर्ने आर्थिक र सामाजिक विकासका लागि भारतले सधैं सहयोग गर्ने बताएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनामा दु:ख व्यक्त गर्दै त्यसको निष्पक्ष छानबिन गर्ने र दोषी पाइएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी घटनाका बारेमा सत्यतथ्य छानबिन गर्छांै र दोषी पाइएमा कारबाही गर्दछौं, यसमा नेपालले चिन्ता गर्नु पर्दैन,’ मोदीको भनाइ उद्धृत गर्दै निधिले भने । 

निधिले भने नेपालको अनुसन्धानले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नै नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको देखिएको जानकारी गराएका थिए। नेपालले यस अगाडि नै भारतले मागेअनुसार पोस्टमार्टम रिपोर्ट उपलब्ध गराइसकेको छ । नेपालले भारतलाई पटक–पटक घटनाको सम्बन्धमा गल्ती स्वीकार गर्न आग्रह गरिसकेको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त