२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालिकबाट बलात्कृत युवती प्रहरीको शरणमा, यस्तो छ उनको बयान !

६ चैत्र २०७३, आईतवार ०२:४९

चैत ६, काठमाडौं । घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन् । डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन्। 

बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन्। उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ।

‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ। पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् ।

पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन्। पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन्। कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए। ‘साँझ परेको थियो। घरमा कोही पनि थिएनन्। म भान्छामा काम गर्दै थिएँ। उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो। 

म चिच्याएँ। तर, सहयोग गर्न कोही आएनन्’, घटनाबारे उनले नयाँ पत्रिकासँग भनिन्।

पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए। काठमाडौंको सामुदायिक विद्यालयमा उनलाई भर्ना पनि गराए। बदलामा उनले कल्पनालाई पटक–पटक बलात्कार गरे। यसअघि पनि पटक–पटक बलात्कार भए पनि सहेरै बसेको उनले बताइन्। 

असह्य पीडा भएपछि उनले विद्यालयका साथीसँग पीडा पोखिन्। साथीमार्फत कुरा शिक्षकसम्म पुग्यो। शिक्षकको सहायताले उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन्। उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ ग¥यो। तर, बुबा नै अभियुक्तलाई बचाउन लागेपछि न्याय पाउने मै उनी शशंकित छिन्।

घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरिया भने घटनाबारे खुल्न चाहेनन्। संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘उजुरी परेलगत्तै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा अहिले केही नबोलौ“।’

पीडितको बयान

म डोटी जेजोमाडौं–२ की हुँ। घरको सातवटी छोरीमध्ये म काइँली हुँ। घरको आर्थिक अवस्था निकै कमजोर छ। घरमा खान–लाउन पुग्दैन। पढाइदिने र विदेश पठाइदिने भनेपछि म दुई वर्षअघि लोकराज पाण्डेको आमासँग काठमाडौं आएँ। मैले घरमा खाना पकाउनेदेखि भाँडा माझ्ने सबै काम गर्नुपथ्र्यो। साउनीको आग्रहमा मलाई सरकारी विद्यालय भर्ना गरियो। साउनी त ठिकै थिइन्। तर, साउजी साह्रै खराब रहेछन्। 

उनले मलाई काठमाडौं आएको तीन महिनादेखि नै बलात्कार गर्न थाले। घरमा कोही नभएको मौकामा घर आएर बलात्कार गर्थे। मैले साउनीलाई घटनाबारे बताउन खोजेँ, तर, सकिनँ। पढाइ बिग्रने मलाई ठूलो डर थियो। त्यही भएर पनि मैले साउनीलाई केही भनिनँ। तर, ममाथि दुव्र्यवहार बढ्दै गयो। अति नै भएपछि घटनाबारे मैले स्कुलका साथीलाई भनेँ। साथीले शिक्षकलाई भनेछन्। शिक्षकले मलाई प्रहरी कार्यालयमा उजुरी गर्न प्रेरित गरे। मैले उजुरी गरेँ। प्रहरीले दोषीलाई पक्राउ गर्यो‍।

 म अब असुरक्षित भएँ। घरमा बुबालाई भनेँ। बुबा तुरुन्तै आउनुभयो। सुरुमा त बुबा मेरै पक्षमा हुनुहुन्थ्यो। तर, पछि उहाँ कसरी बदलिनुभयो, थाहा भएन। अहिले त उजुरी फिर्ता गर्नुप¥यो भन्नुहुन्छ। म अहिले अरूकै शरणमा बसेकी छु। मलाई साह्रै पीडा छ। घरघरी त्यो घटना दिमागमा आउँछ। त्यसलाई जसरी पनि कारबाही हुनुपर्छ भन्ने मेरो माग छ। तर, सहयोग गर्ने बुबा नै मुद्दा फिर्ता लिनुपर्छ भन्नुहुन्छ। अब म गरौँ। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…