चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । 

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । 

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चि"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने

२०७३, ८ चैत्र मंगलवार ०१:५०

चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । 

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चीनमा नहुने हुँदा सन्धि–सम्झौता पनि नहुने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ‘प्रोटोकल’ नमिल्ने हुँदा कुनै पनि सन्धि–सम्झौता हुनेछैन ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसमेत चीन नहुने हुँदा विदेश मन्त्रालयस्तरमा समेत सम्झौता नहुने भएको हो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड (ओबीओआर)’ परियोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको थियो ।

प्रधानमन्त्री चीन भ्रमणमा जाँदै गर्दा चिनियाँ प्रधानमन्त्री ली अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमणमा जाँदै छन् । ‘प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भए पनि प्रोटोकल नमिल्दा कुनै पनि सम्झौता हुनेछैनन्,’ परराष्ट्र स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भ्रमण औपचारिक रूपमा चीन जाने र आउने मात्र हुनेछ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको व्यापार तथा पारवहन सन्धि भएको थियो । अहिलेसम्म सो सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा सो सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताइएको थियो ।

प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा सहभागी हुन १० चैतमा चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री चीन भ्रमणमा रहँदा चिनियाँ प्रधानमन्त्री सीसँगै केही विदेशी नेताहरूसँग समेत भेटावार्ता गर्नेछन् । त्यस्तै, सम्मेलनमा विश्वका आर्थिक नेतृत्वहरूको उपस्थिति हुने हुँदा त्यसको फाइदा उठाउँदै व्यवसायी तथा उद्योगीहरूसँग समेत भेट गर्ने सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसैबीच, परराष्ट्र मन्त्रालयले चीन भ्रमणमा जाने १२ सदस्यीय टोली तय गरेको छ । टोलीमा प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगै परराष्ट्र सचिव शंकरदास वैरागीसमेत सहभागी हुनेछन् । त्यस्तै, टोलीमा प्रधानमन्त्री कार्यालयका एकजना सचिवसमेत सहभागी हुनेछन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त