२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले दियो ९० दिने आममाफी

८ चैत्र २०७३, मंगलवार ०२:०२

चैत ८, काठमाडौं । साउदी अरवले गैरकानुनी हैसियत कामदारलाई बिना सजाय स्वदेश फिर्न पाउने गरी ९० दिनको आममाफीको घोषणा आइतबार गरेको छ । यो मार्च २९ गतेबाट लागु हुनेछ । 

साउदीका राजकुमारसमेत रहेका उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्ष अगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए ।

साउदी अरवका कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीले भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फिर्न नपाएका जस्ता कामदारहरु आममाफीको कार्यक्रममा फाइदा लिन सक्ने नेपाली दूतावासले जनाएको छ । 

राजकुमार नैफले घर फिर्न चाहनेलाई सहजीकरण गर्न तोकिएको निकायलाई ब्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । आन्तरिक मन्त्रलायका प्रवक्ता मान्सअवर अल–तुरकीले यो अभियानमा सहभागी कामदारलाई सहजीकरण गर्नको लागि १९ वटा निकायहरु तोकिएको बताए । ‘हज र उमराहको लागि आउदा बसेका देखि कुनै प्रकारका भिसाका आप्रबासीलाई पनि सहयोग गर्नेछौं,’ उनले भने । 

ती कामदार स्वदेश फिर्नको लागि दूतावासले ट्राभल डकुमेन्ट जारी गनुपर्ने जनाएको छ । साउदीको राहदानी तथा अध्यागमन विभागले सबै तयारी पुरा गरिसकेपछि मात्रै ती कामदार स्वदेश फिर्न पाउने उनले बताए । ‘जो कामदारसँग आफ्नो आवासीय अनुमति छैन । उनीहरु तुरुन्तै नजिकको राहदानी बिभागमा सम्र्पक गर्न सक्नेछन्,’ उनले भने । 

साउदीका लागि कार्यबाहक राजदुत आनन्दराज शर्माले नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौता अनुसार तलब, काम र सेवा सुविधा नपाउँदा कामदारहरु भाग्ने प्रवृत्ति रहेको बताए । ‘यहाँ पीडित कामदारलाई स्वदेश उद्धार गर्न हामी प्रयासरत छौं । सम्र्पकमा आएकालाई कम्पनी नछोड्न अनुरोध गर्दछौं,’ उनले भने, ‘तैपनि कामदारहरु चाहेको जस्तो नदेखेपछि भागिरहेका हुन्छन् ।’

भागेका कामदार जेल बसेर स्वदेश फिर्न निकै कठिन भोग्दै आएका छन् । साउदीबाट जेल बसेर हरेक दिन जसो दुई दर्जन नेपाली फर्किरहेका हुन्छन् । तीन बर्ष अघि साउदीको आममाफीमा झण्डै २५ लाख आप्रवासी सहभागी भएका थिए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…