चैत ८, काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । 

संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । 

संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजन"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल दक्षिण एसियाको तेस्रो ‘खुसी राष्ट्र’, संसारकै खुसी राष्ट्र कुन होला ?

८ चैत्र २०७३, मंगलवार ०२:२८


चैत ८, काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । 

संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ । विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ ।

नर्वे संसारकै खुसी राष्ट्र : वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ । गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो । डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ । संसारको सबैभन्दा खुसी हुने राष्ट्रको पहिलो ६ स्थानसम्म युरोपेली देश नै छन् । तेस्रो स्थानमा आइसल्यान्ड, चौथोमा स्विट्जरल्यान्ड, पाँचौँमा फिनल्यान्ड तथा छैटौँमा नेदरल्यान्ड छन् ।

दक्षिण एसियामा पाकिस्तान पहिलो : आतंकवादको चपेटामा रहेको पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा खुसी राष्ट्रमा परेको छ । समग्र विश्वमा भने पाकिस्तान ८०औँ स्थानमा छ । पाकिस्तानले ५.२६ अंक पाएको छ । दक्षिण एसियाको दोस्रो खुसी राष्ट्रमा भुटान रहेको छ । भुटानले ५.०१ अंक पाएको छ । बंगलादेश ४.४६ अंकसहित चौथो र ४.४४ अंकसहित श्रीलंका पाँचौँ खुसी राष्ट्रमा परेका छन् ।

दक्षिण एसियाकै ठूलो तथा विकसित भारत भने छैटौँ खुसी राष्ट्रमा रहेको छ । भारतले ४.३१ अंक पाएको छ । अफगानिस्तान ३.७९ अंकसहित सातौँ खुसी राष्ट्रमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थानको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका १४औँ राष्ट्र : विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका खुसी राष्ट्रको शीर्ष दश स्थानमा समावेश छैन । अमेरिका चौधौँ स्थानमा छ । अमेरिका गत वर्षभन्दा एक स्थान तल झरेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले यसपटक ६.९९ अंक पाएको छ । चीन भने ६.६५ सहित २०औँ खुसी राष्ट्रको सूचीमा छ ।

दुःखीमध्येको पहिलो खुसी राष्ट्रमा हैटी : ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले १४५औँदेखि १५४औँ स्थानसम्मकालाई विश्वकै दुःखी राष्ट्र मानेको छ । सबैभन्दा दुःखी राष्ट्रमध्येको पहिलो खुसी राष्ट्रमा ३.६३ अंकसहित हैटी छ । दुःखी राष्ट्रको पनि सबैभन्दा दुःखी राष्ट्रमा २.९० अंकसहित बुरुन्डी रहेको छ ।

यसरी हुन्छ अनुसन्धान : अमेरिकाको लस एन्जलसमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले ‘वल्र्ड ह्याप्पिनेस’ शीर्षकमा अनुसन्धान गरेको जनाएको छ । एक सय ५० भन्दा बढी देशमा अनुसन्धान गरिएको र प्रत्येक देशका कम्तीमा एक हजार नागरिकसँग सर्भे गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

व्यक्तिको औसत आय, औसत आयु, सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रता, देशको आर्थिक अवस्था, व्यक्तिगत दया तथा क्षमताशीलता एवं भ्रष्टाचारको अवस्थालगायत विषयमा अनुसन्धान गरेर खुसी र दुःखी देशको सूची तयार पारिएको सो संस्थाले जनाएको छ । अनुसन्धानका क्रममा प्रत्येक राष्ट्रलाई एक देखि १० अंक प्रदान गरिएको पनि प्रतिवेदनमा छ । -नयाँ पत्रिका दैनिक 

सबैभन्दा खुसी राष्ट्र स्थान राष्ट्र अंक

१. नर्वे ७.५३

२. डेनमार्क ७.५२

३. आइसल्यान्ड ७.५०

४. स्विट्जरल्यान्ड ७.४९

५. फिनल्यान्ड ७.४६

६. नेदरल्यान्ड ७.३७

७. क्यानडा ७.३१

८. न्युजिल्यान्ड ७.३७

९. अस्ट्रेलिया ७.३१

१०. स्विडेन ७.२८

दुःखी १० राष्ट्र

स्थान विश्वमा स्थान राष्ट्र अंक

१. १४५ हैटी ३.६३

२. १४६ यमन ३.५९

३. १४७ दक्षिण सुडान ३.५९

४ .१४८ लिबेरिया ३.५३

५. १४९ गुएना ३.५०

६. १५० टोगो ३.४९

७. १५१ रुवान्डा ३.४७

८. १५२ सिरिया ३.४६

९. १५३ तान्जानिया ३.३४

१०. १५४ बरुन्डी २.९०

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल