चैत १०, काठमाडौं । नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १०, काठमाडौं । नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । 

२०८२, १६ चैत्र सोमबार
काठमाडौँ - KTM

नक्कली लाइसेन्स बनाएर बेच्ने गिरोह पत्ता लाग्यो

२०७३, १० चैत्र बिहीबार ०१:४३


चैत १०, काठमाडौं । नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । 

गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् । उनीहरूले सक्कलीजस्तै देखिने दर्जनौँ नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

सिन्धुली भद्रकाली स्थायी घर भएका गोले ललितपुरको भनिमन्डल र पाख्रिन सिद्धिपार्कमा बस्दै आएका थिए । उनीहरूले ६ महिनादेखि नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट एक सय ९० वटा होलोग्राम, एक सय १५ वटा नक्कली लाइसेन्स, ६ वटा फोटोसहित तयारी अवस्थाका लाइसेन्स, कम्प्युटर, प्रिन्टर र छाप बरामद गरेको छ । 

पाख्रिनको कोठाबाट लाइसेन्स छाप्ने प्रिन्टरसमेत बरामद गरिएको एसपी सिंहले बताए । पाख्रिनले नक्कली लाइसेन्स बनाउने र गोलेले ग्राहक खोज्ने काम गर्दै आएका थिए । उनीहरूले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अधिकृतहरूको हस्ताक्षरसमेत नक्कली बनाएर सक्कली लाइसेन्स भएको भ्रममा पारेर नक्कली लाइसेन्स बेच्दै आएका थिए ।

सुराकीका आधारमा पहिला गोलेलाई पक्राउ गरेको र गोलेकै सूचनाका आधारमा पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरोहका अन्य सदस्यबारे अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।

प्रहरीले लाइसेन्समा प्रयोग हुने होलोग्राम भने सक्कली भएको आशंका गरेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति