चैत १२, काठमाडौं । तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १२, काठमाडौं । तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभु"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन करोड अवैध डलरसहित चार भिक्षुणी विमानस्थलबाट पक्राउ

२०७३, १२ चैत्र शनिबार ०२:४२

चैत १२, काठमाडौं । तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ५५ देखी ६६ वर्ष उमेरसम्मका चार जना महिला छन्। ५५ वर्षीया सुवारी डिटसदेकोविवेट, ५९ वर्षीया पिया वान इयाम वङ, ६६ वर्षीया धिराब्रोन चित्ताभवन अभिरा टिकुल र ६६ वर्षीया फान फेन वसजोरानन रहेका छन् ।

डिपार्चरतर्फ लगेज स्क्रिन गर्ने क्रममा सुटकेशभित्र शंकास्पद वस्तु देखिएपछि ठुलो परिमाणमा विदेशी मुद्रा फेला परेको थियो।विमानस्थल प्रहरीले उनीहरुको साथबाट सुटकेसमा ठूलो परिमाणको भारतीय रुपैयाँ र डलर फेला पारेको थियो ।

दुई लाख ८६ हजार एक सय ६२ डलर र दुई लाख ७३ हजार एक सय ८० भारतीय रुपैयाँ फेला परेको त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ४६ हजार आठ सय थाई भाट पनि बरामद गरेको छ।उनीहरु थाई एयरमार्फत् पौने दुई बजे थाइल्यान्ड जाने तरखरमा थिए ।

विदेशजाँदा अधिकतम पाँच हजार डलर बराबरको विदेशी मुद्रामात्र बोक्न पाइन्छ ।पक्राउ परेका सबैले आफुहरुले नेपालका लागि दाता भएको र उक्त रकम भारतमा सहयोग गर्नका लागि राखिएको बताएका छन्।उनीहरुको राहदानी रेकर्ड अनुसार थुप्रै पटक नेपाल आवत जावत गरिसकेको देखिएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति