चैत १२, काठमाडौं । तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १२, काठमाडौं । तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभु"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन करोड अवैध डलरसहित चार भिक्षुणी विमानस्थलबाट पक्राउ

१२ चैत्र २०७३, शनिबार ०२:४२

चैत १२, काठमाडौं । तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ५५ देखी ६६ वर्ष उमेरसम्मका चार जना महिला छन्। ५५ वर्षीया सुवारी डिटसदेकोविवेट, ५९ वर्षीया पिया वान इयाम वङ, ६६ वर्षीया धिराब्रोन चित्ताभवन अभिरा टिकुल र ६६ वर्षीया फान फेन वसजोरानन रहेका छन् ।

डिपार्चरतर्फ लगेज स्क्रिन गर्ने क्रममा सुटकेशभित्र शंकास्पद वस्तु देखिएपछि ठुलो परिमाणमा विदेशी मुद्रा फेला परेको थियो।विमानस्थल प्रहरीले उनीहरुको साथबाट सुटकेसमा ठूलो परिमाणको भारतीय रुपैयाँ र डलर फेला पारेको थियो ।

दुई लाख ८६ हजार एक सय ६२ डलर र दुई लाख ७३ हजार एक सय ८० भारतीय रुपैयाँ फेला परेको त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ४६ हजार आठ सय थाई भाट पनि बरामद गरेको छ।उनीहरु थाई एयरमार्फत् पौने दुई बजे थाइल्यान्ड जाने तरखरमा थिए ।

विदेशजाँदा अधिकतम पाँच हजार डलर बराबरको विदेशी मुद्रामात्र बोक्न पाइन्छ ।पक्राउ परेका सबैले आफुहरुले नेपालका लागि दाता भएको र उक्त रकम भारतमा सहयोग गर्नका लागि राखिएको बताएका छन्।उनीहरुको राहदानी रेकर्ड अनुसार थुप्रै पटक नेपाल आवत जावत गरिसकेको देखिएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का