२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वर्गद्वारी दुर्घटनामा घरै रित्तियो

१२ चैत्र २०७३, शनिबार ०२:५६

चैत १२, ललितपुर । तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । 

त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो। रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार ।

तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो । दुर्घटनामा दिनेश, उनकी पत्नी र दुवै छोरीको मृत्यु भएको छ । 

मृतक दिनेशको घरनजिकैको घरमा उनका भाइ र आमा बस्छन्। करिब दुई सय मिटर दूरीमा दिनेशको ससुराली छ ।

दुर्घटनामा दिनेशकी जेठीसासूकी छोरी सृष्टि बरालको पनि निधन भएको छ। ललितपुर धापाखेलका पुराना बासिन्दा बस्नेतको परिवार तिखिदेवलमा बसाइँ सरेको हो। धापाखेलमा अझै पनि ठूलो बस्नेत बस्ती छ।

'सोच्दै नसोचेको घटना भयो। उहाँहरू तिखिदेवलमै बसाइँ सरे पनि हामी सामाजिक कार्यमा नियमितजसो भेटिरहन्थ्यौं', दिनेशका काकाका छोरा धापाखेलका मनोजले भने ।

दिनेश अस्ट्रेलियामा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट अध्ययन गरी करिब एक दशकअघि फर्किएका थिए। स्थानीय स्तरमा प्रतिष्ठित छवि बनाएका दिनेश तिखिदेवल क्लबका अध्यक्ष र तिखिदेवल पार्टी प्यालेसका सञ्चालक हुन्। धनमाया बराल फाउन्डेसनका अध्यक्ष उनमा सामाजिक काम र धार्मिक कार्यमा विशेष रुचि थियो। 'उहाँ धार्मिक काममा असाध्यै रुचि राख्नुहुन्थ्यो। पूजाआजा, पुराण र तीर्थयात्रामा उहाँसँगै श्रीमती पनि अगाडि सरिहाल्नुहुन्थ्यो', दिनेशका पुरोहित मिलन अधिकारीले भने। 'दिनेश स्वर्गद्वारी जाने कुरामा निकै उत्साही थिए', उनले भने।

दिनेश श्रीमद्भागवत पुराणकै लागि थाइल्यान्डसम्म पुगेका थिए। दिनेशकै पहलमा स्कोर्पियो भाडामा लगिएको थियो। चितवनमा एमबीबीएस अध्ययन गरिरहेकी दिनेशकी जेठी छोरी दीक्षा तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर आएकी थिइन् ।

स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो। दीक्षा पढाइमा अब्बल थिइन्। जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याएकी थिइन् । उनले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढेकी हुन्। दीक्षाकी बहिनी दिया जेम्स स्कुलमै कक्षा चारमा पढ्थिन्। उनी पनि 'फाइनल एक्जाम' दिएर बसेकी थिइन्। 'हामीले समाजका एकजना अगुवा र आदर्श परिवारलाई अनाहकमा गुमाएका छौं', स्थानीय पूर्ण थापाले भने । -अन्नपूर्ण पोस्ट दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा