२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने

२०७३, १३ चैत्र आईतवार ०१:५१

चैत १३, काठमाडौं । लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । 

पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ ।

कोइराला परिवारबाट देउवाले पार्टी नेतृत्व लिएर काम गर्न थालेको चैत ५ देखि एक बर्ष वितेको छ ।

तर, यो अवधिमा विधानत: दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिमा २१ सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउने काम देउवाले गर्न सकेनन ।

देउवा आफैले प्रतिबद्धता गरे अनुसार नियमित केन्द्रीय कार्यसमितिको बैठक समेत राख्न सकेनन् । एक बर्षमा उनले महासमिति बैठक राख्ने प्रतिबद्धता समेत गरेका थिए । तर, केन्द्रीय कार्यसमितिको बैठक राख्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसबीचमा लिखित नै माग गर्नुपर्ने अवस्था आयो । 

केही समयअघि पौडेलले पार्टीलाई सामूहिक निर्णय पद्दतिमा चलाउन माग राख्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन देउवालाई पत्र दिएका थिए । पत्राचार गरेको भन्दै उनले तत्काल बैठक बोलाउन इन्कार गरे । 

बर्ष गाँठमा देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पुर्णता दिने भएका छन् । आईतबारको बैठकमा उनले केन्द्रीय कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गर्ने भएका छन । विभाग प्रमुख तोक्ने तयारी उनको छ ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टी संगठनको प्रतिवेदन र प्रस्तावहरु तयार गर्नसमेत कठिनाई परीरहेको जनाउँदै देउवा सभापति चुनिएको केही दिनबाटै आग्रह गर्दै आएका हुन । तर, देउवा आफ्नो नेतृत्वमा सरकार नबनाउँदा सम्म मनोनित उपसभापति, महामन्त्री र सहमहामन्त्री नबनाउने मुडमा देखिन्छन । 

पदाधिकारी नियुक्ति गर्दा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने भयले उनमा देखिन्छ । त्यसैले पदाधिकारी मनोनयनमा अझै ढिलाई हुने संस्थापन पक्षकै एक केन्द्रीय सदस्य बताउँछन । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति