१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेशी नेताको आन्दोलन गर्ने धम्कि, युवाको म्यादी प्रहरीमा लर्को

१४ चैत्र २०७३, सोमबार ०२:२६

चैत १४, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तराईका जिल्लामा विशेष आकर्षण देखा परेको छ । 

तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बखत त्यहाँका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका छन् । मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू भने म्यादी प्रहरीमा भर्ना हुन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिइरहेका छन् ।

रौतटहबाट  ४ सय आवेदन वितरण भएको छ । त्यसमध्ये १ सय ३० जनाले भर्नाका लागि आवेदन दिइसकेका छन् । १ सय ३० मध्ये ७ जना महिला पनि छन् । रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताले म्यादी प्रहरीमा जान युवालाई रोक लगाएका छैनन् ।

बारामा आइतबारसम्म २ सयभन्दा बढी मधेसी युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । बारामा आइतबारसम्म २ सय १५ जनाको म्यादी प्रहरीमा आवेदन परेको छ । बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारीअनुसार जसमध्ये ५ प्रतिशत पहाडी मूलका छन् भने बाँकी मधेसी मूलका युवाले आवेदन दिएका छन् ।

पर्सामा दुई दिनमा २ सय ५० युवाले आवेदन दिइसकेको र आवेदन फारम करिब ६ सय जनाले लगिसकेका छन् । धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले दिएको जानकारीअनुसार २ सय ४८ जनाले आवेदन दिइसकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका ६ स्थानमा आवेदन लिने व्यवस्था मिलाएको छ ।

म्यादी प्रहरी भर्नाका लागि आह्वान गरिएको दोस्रो दिनसम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् । पश्चिम तराईका कपिलवस्तु, बाँके, नवलपरासी, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारू र मधेसी युवाको आकर्षण देखिएको त्यहाँस्थित जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार पहाडी जिल्लामा भन्दा तराई–मधेसका जिल्लाहरूमा म्यादी प्रहरीको आवेदन फाराम बढी वितरण भएको छ । पहाडमा पूर्वसुरक्षाकर्मीहरूले पनि आवेदन दिएका छन् भने तराईमा युवाहरूले बढी आवेदन दिएका छन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का