२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै खतरा ! किन ?

२०७३, १७ चैत्र बिहीबार ०२:०६


चैत १७, काठमाडौं । मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् । 

अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । २०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । 

वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै श्रीमती नितु मिश्रको मिलेमतोमा ठाकुरको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण अनैतिक सम्बन्ध र आर्थिक लोभ रहेको धनुषाका प्रहरी उपरीक्षक मनोज यादव बताउँछन् ।

यस्तै पुष २९ गते महोत्तरी हतिसर्वा संग्रामपुरका अञ्जनीकुमार मिश्रको पनि वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रकी श्रीमती ज्योतिसहित फिरोज कवाडी, गंगाराम दास, तुफान नट र कुवेर राउतलाई पक्राउ गरेको छ । यौन सम्बन्ध र सम्पत्तिको लालचकै कारण घटना भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक शालिग्राम पौडेल बताउँछन् । 

वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश युवाले श्रीमतीलाई घर छाडेर जानुपर्ने बाध्यता र घरमा रहेकी महिलालाई घरपरिवारले माया प्रेम नदिनु, उसको भावनाको कदर नगर्नु, यौन तृष्णा तथा आर्थिक लेनदेनका कारण समेत विभिन्न आपराधिक घटना हुने गरेको प्रहरी अनुसन्धानले देखिएको छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति