चैत १८, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र तयार पारेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १८, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र तयार पारेको छ । 
"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको चुनावी घोषणापत्र यस्तो आयो

१८ चैत्र २०७३, शुक्रबार ०१:४०

चैत १८, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र तयार पारेको छ । 

प्रतिबद्धतापत्र नाम दिँदै तयार पारिएको घोषणापत्रमा ‘सिंहदरबार केन्द्रित जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पु¥याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔं’ भन्ने नारा दिइएको छ ।

माओवादी केन्द्रको चुनावी प्रतिबद्धतापत्रमा ठूला–ठूला आश्वासनभन्दा पनि गाउँ र नगर समृद्ध गर्न सके मात्र देश बन्न सक्ने जनाई स्थानीय तहलाई दरिलो बनाउने विषयलाई महत्व दिइएको छ । जसमा समावेशी लोकतन्त्रको जग नै स्थानीय तह भनेर उल्लेख गरिएको छ भने समृद्ध गाउँ/नगर निर्माण गर्नु नै समृद्ध नेपालको आधार भन्ने किटानी गरिएको छ ।

घोषणापत्रमा रोजगारीको सुनिश्चितता गर्र्ने, रोजगारको व्यवस्था नहुँदासम्म बेरोजगार भत्ताको व्यवस्था गरिने, एकल महिला, ६० वर्ष उमेर पुगेकालाई निवृत्तिभरणको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ । 

यस्तै, श्रम बैंक, भूमि बैंक निर्माण, गाउँ–गाउँमा फ्री वाइफाई, छात्राका लागि आत्मरक्षा गर्न शारीरिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता पनि गरिएको छ । माओवादीले सार्वजनिक गर्न तयारी गरिरहेको चुनावी प्रतिबद्धतापत्र अहिले आन्तरिक रूपमा पार्टीको तल्ला कमिटीहरूमा सुझावका लागि पठाइएको छ । चुनावी प्रतिबद्धतापत्रमा जनसहभागितामूलक समावेशी लोकतन्त्रको जग नै स्थानीय तह भन्ने उल्लेख छ । 

प्रेस तथा वाक स्वतन्त्रताको ग्यारेन्टी गरिने प्रतिबद्धता पनि जनाइएको छ । माओवादीले प्रतिबद्धतापत्रमा भूमिमाथि जोताहा किसानको स्वामित्वलाई सुनिश्चितता गर्ने र भूमि बैंकको व्यवस्था गर्ने प्रतिबद्धता पनि अघि सारेको छ ।

‘जमिनलाई अव्यवस्थित घरघडेरीलगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न, बाँझो राख्न र खण्डीकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘भूमिलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न भूमि बैंकको व्यवस्था गरिनेछ ।’

माओवादीले साना तथा गरिबीको रेखामुनि रहेका किसानका लागि सहुलियत ब्याजदरमा कृषि ऋणको व्यवस्था गर्ने र कृषि पेसालाई प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

यस्तै, प्रत्येक ग्रामीण क्षेत्रहरूमा सफा खानेपानी, शौचालय, सरसफाइ, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेल मैदान, यातायात, इन्टरनेटको सेवालगायतका सूचना सञ्चार केन्द्रजस्ता आधारभूत संरचनाहरूको विकासमा जोड दिने र गाउँहरूलाई स्मार्ट नमूना गाउँका रूपमा विकास र विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ । माओवादीले ग्रामीण क्षेत्रमा घरेलु, साना तथा कृषिजन्य उद्योगका लागि सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था गर्ने र एक गाउँ एक नमुना उद्योग स्थापना गरिने प्रतिबद्धता पनि जनाएको छ ।

यसैगरी, लैंगिक उत्पीडन अन्त्य तथा छुवाछूत प्रथालाई दण्डनीय घोषणा गरिएको प्रतिबद्धतापत्रमा बालविवाहलाई दण्डनीय बनाइने र छात्राहरूका निम्ति आत्मरक्षाको शारीरिक शिक्षाको कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

माओवादीले भूकम्प र पुनर्निर्माणको बाँकी कामलाई तीव्रता दिने र पुनर्निर्माण गर्दा परम्परागत संस्कृतिको संरक्षण गर्दै आधुनिक प्रकारको सघन ग्रामीण बस्तीहरूको विकासमा जोड दिइने जनाएको छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’