३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीलाई अमेरिका पुर्‍याउन तस्करको नयाँ रुट

१८ चैत्र २०७३, शुक्रबार ०१:४९

चैत १८, काठमाडौं । मानव तस्करले लाखौँ रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् ।

नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौँ रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ। ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्टवाहकलाई 'अन अराइभल' भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन् । 

'मलाई काठमाडौंबाट दोहा (कतार), लण्डन (बेलायत), निकारागुवा, होण्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्,' अमेरिका प्रवेश गर्नैका लागि ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा (नाम परिवर्तन) ले अमेरिकाबाट भाइबरमा भने, 'यहाँ (अमेरिका) आइपुग्दासम्मको दु:ख सम्झिँदा त किन आइएछ जस्तो लाग्छ ।'

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सिकोको सीमाबाट अमेरिका छिरेका हुन् । अघिल्लो साता अमेरिका पुगेका शर्माले तस्करले अमेरिका छिराइदिएबापट एक नेपालीसँग ५० देखि ६५ लाख रुपैयाँसम्म उठाउने गरेको जानकारी दिए। यसरी जाने नेपाली ल्याटिन अमेरिकी राष्ट्रमा थुप्रै रहेको उनको भनाइ छ ।

 'जति छिटो पैसा तस्करलाई बुझायो त्यति नै छिटो उनीहरुले अमेरिकातर्फ अघि बढाउँदा रहेछन् । ल्याटिन अमेरिका पुगेपछि तस्करलाई पैसा तिर्न नसकेर बिचल्लीमा परेका नेपाली थुप्रै छन्,' शर्माले भने । निकारागुवादेखि मेक्सिकोसम्म डेढ सयजति नेपाली रहेको उनको अनुमान छ ।  -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट