चैत १८, काठमाडौं । रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ । 

मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १८, काठमाडौं । रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ । 

मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्मह"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु

१८ चैत्र २०७३, शुक्रबार ०१:५८

चैत १८, काठमाडौं । रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ । 

मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ । उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन थापालाई मृत्यु अवस्थामा उनका आफन्तले प्रहरी अस्पतालमा भेटेका थिए । स्कुल व्‍यवस्थापनले तत्काल प्रहरी अस्पताल आउनु भनी खबर गरेपछि मृतकका आफन्तले त्यहाँ पुग्दा कुन्दन मृत अवस्थामा भेटिएको छ ।

स्कुल व्यवस्थापनका अनुसार कुन्दनविरुद्ध उनी अध्ययनरत कक्षाकै एक छात्राबाट ‘कम्प्लेन’ आएपछि वार्डेन शर्मिला गुरुङले बुधबार यस विषयमा छलफल गर्न कुन्दनकी आमालाई फोन गरेकी थिइन् । तर कुन्दन आमाको फोन लिएर बाहिर हिँडेकाले शर्मिलाको फोन कुन्दनले नै उठाएका थिए। त्यसपछि कुन्दन आफै प्रहरी स्कुल पुगेका थिए जहाँ कम्प्लेन गर्ने छात्रा र उनका अभिभावक पनि उपस्थित थिए ।

तर केही छिनको कुराकानीपछि अभिभावक बोलाएर ल्याउँछु भन्दै फर्किएका कुन्दन एक्कासी हाम फालेको विद्यालय व्यवस्थापनले जनाएको छ। ‘इन्स्पेक्टर शर्मिलाले दुवै पक्षका अभिभावकलाई बोलाएर कुराकानी गराउन खोज्नु भएको रहेछ।

कुन्दनले फोन उठाएकाले उनी आफै आएकाले पछि उनलाई अभिभावक बोलाएर ल्याउन भनिएको रहेछ। तर त्यहाँबाट फर्कने क्रममा एक्कासी हाम फालेको रिपोर्ट हामीलाई छ’, महानगर प्रहरी प्रमुख डीआईजी बम बहादुर भन्डारीले अन्‍नपूर्णसँग भने। मृतकका आफन्तले भने विदाको दिनमा समेत बोलाइनु, तेस्रो फ्लोरमा रगत भेटिनु शंकास्पद भन्दै हत्याको आरोप लगाएका छन् ।

विदाको दिनमा विधाथीलाई मात्र किन बोलाईयो । अनि हाम फालेको मान्छेको रगतको टाटा कसरी तेस्रो फ्लोरमा भेटिन्छ । कुटेपछि तेस्रो फ्लोरबाट झारिएको हाम्रो आशंका छ’, मृत्यकका आफन्त सजिता रानाले भनिन्। कुन्दन कक्षा आठको परिक्षा दिएर बसेका थिए। उनी सजिताकै घरमा खाना खान भन्दै आमाको फोन लिएर दिउँसो निस्किएका थिए।

‘हाम्रोमा खाना खाएर केही बेरमा फर्किन्छु भन्दै निस्किएको भाईलाई अस्पतालमा मृत्य अवस्थामा भेटियो’, सजिताले भनिन्। कुन्दनले आफ्नै कक्षामा अध्ययनरत छात्राको नाममा फेक फेसबुक आईडी खोलेर अश्लिल सामग्री अपलोड गरेको आरोप लागेको थियो । ती छात्राका बुवा पुर्व प्रहरी कर्मचारी भएको जनाईएको छ ।

घटनाको अनुसन्धानका लागि महानगर प्रहरीले महानगरिय अपराध महाशाखाको एसपी श्याम ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यिय छानबिन समिती गठन गरेको छ। समितीलाई सात दिनको समय दिईएको छ। समितीमा काठमाडौं प्रहरी परिसरका डीएसपी रिद्धिबिक्रम शाह लगायत दुई इन्स्पेक्टर र एकजना सई पनि छन् ।  -अन्न्पूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम