चैत १८, काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड भने कमल थापाका पक्षमा उभिएका छन् । 

बरिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १८, काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड भने कमल थापाका पक्षमा उभिएका छन् । 

बरिय"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्रीको वरियता: प्रचण्डको नजर निधीभन्दा थापातिर

१८ चैत्र २०७३, शुक्रबार ०२:१९


चैत १८, काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड भने कमल थापाका पक्षमा उभिएका छन् । 

बरियता नतोकिएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेको छ ।

‘मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियो’, देउवासँगको भेटमा प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईंले सम्झाइदिनुपर्यो ।’

‘उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमतिमै टुंग्याउनुस्’ भन्ने जबाफ देउवाले दिएका थिए । दाहालले देउवासँग ‘यस विषयमा छलफल गरी मिलाउँछु’ भन्ने प्रतिबद्धता गरेका थिए । ‘प्रधानमन्त्रीले सहमति गरेर मर्यादाक्रम मिलाउँछु भन्नुभएको छ’, देउवाका निजी सचिव भानु देउवाले भने ।

पहिलो नम्बरको उपप्रधानमन्त्री को हुने भन्ने विवादका कारण मन्त्रिपरिषद् बैठक नै प्रभावित भएको छ । प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएको र नियमित मन्त्रिपरिषद् बैठक हुने दिन भएकाले पनि बिहीबार मन्त्रीहरू बैठकको खबर कुरेर बसेका थिए । तर साँझसम्म पनि मन्त्रिपरिषद् बैठक बस्ने खबर नआएपछि उनीहरूले उपप्रधानमन्त्री वरियताक्रममा को माथि हुने भन्ने विवाद चुलिएको थाहा पाएका थिए ।

उपप्रधानमन्त्रीबीच देखिएको विवाद चुलिएर मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्थामा पुगेपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेको बताइएको छ ।

सरकारमा उपप्रधान एवं स्थानीय विकासमन्त्रीसहित थापा सहभागी भएपछि एउटा मात्रै मन्त्रिपरिषद् बैठक बसेको छ । उक्त बैठकमा अर्का उपप्रधानमन्त्री निधि भारत भ्रमणमा थिए । आफू सत्ताको सबैभन्दा ठूलो दलको नेतृत्व गरी सरकारमा सहभागी भएकाले आफू मर्यादाक्रममा अघि हुनुपर्ने तर्क निधिको छ ।

अर्का उपप्रधानमन्त्री थापाले आफू निधिभन्दा पहिला नै उपप्रधानमन्त्री भइसकेकाले आफू मर्यादाक्रममा निधिभन्दा माथि हुनुपर्ने दाबी गर्दै आएका छन् । दुवैले आफू मर्यादाक्रममा दोस्रो हुनुपर्ने अडान नछाडेपछि मन्त्रिपरिषद् बैठक प्रभावित भएको खबरमा उल्लेख छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’