३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ बर्षीय किशोरी मध्यरातमा बसभित्र बलात्कृत

२६ चैत्र २०७३, शनिबार ०२:०९

चैत २६, काठमाडौं । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । 

ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ ।चैत १८ गते साँझ दाइसँग झगडा गरी डेराबाट निस्किएकी सप्तरीको कञ्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राति बालकुमारी बसपार्कमा रोकिराखेको बसभित्र बलात्कार गरेको प्रहरीले जनाएकोछ ।

राति साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए । सागर बा.१ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन् । 

घर छाडी बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले घर पुग्ने बससम्म लगिदिने भन्दै फकाएका थिए । त्यसपछि नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए । ‘ललाइ-फकाइ गरेर घर पुग्ने बससम्म पुर्याइदिन्छु भनेपछि ती युवती मानिछन् र सागरले भनेअनुसार गर्दै गइछन्’, प्रहरीले जानकारी दियो ।

मध्यरातमा जबर्जस्ती गरेपछि युवती चिच्याएको र नजिकका मान्छे जम्मा भएपछि सागर फरार भएको पाइएको छ’, ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले भन्नुभयो । चक्रपथ गुड्ने उक्त गाडी काम सकेर बालकुमारीमा पार्किङ गरेर राखिएको थियो ।

घटनालगत्तै सागर भागेर सिन्धुपाल्चोक पुगेका थिए । लगनखेल बस्दै आएका ३१ वर्षीय सागर अविवाहित हुन् । ती युवती बालकुमारीमा दाइसँग बस्दै आएको र दुई दिनअघि मात्र काठमाडौं आएको प्रहरीले जनाएको छ ।प्रहरी बसको मालिकमार्फत सागरसम्म पुगेको थियो । पीडित युवतीको मेडिकल रिपोर्ट आउन बाँकी छ । उनलाई प्रहरीले सिभिनमा राखेको छ । किशोरीका दाइ भने फरार छन् ।

प्रहरीको एक तथ्यांकअनुसार २०६८ देखि चार वर्षको अन्तरमा ललितपुरमा मात्र ६३ वटा बलात्कारका घटना भएका थिए । जसमा दुईवटा सामूहिक बलात्कारका घटना थिए भने एउटा चोरीको क्रममा भएको थियो । 

गत फागुन १५ गते च्यासलमा नौ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । गत आर्थिक वर्षमा देशभर एक हजार ८९ वटा जबर्जस्ती करणीका मुद्दा र चार सय ५२ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट