३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले जित्ने ठाउँमा केन्द्रीय सदस्य उठाउने, को-कहाँबाट ?

२९ चैत्र २०७३, मंगलवार ०२:०७

चैत २९, काठमाडौँ । सत्तारुढ दल राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेहरूको नामावली यकिन गरिसक्ने तयारी गरेको छ । ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मुख्य कार्य पार्टीको घोषणापत्र सार्वजनिकलगायतका काम पनि सोही मितिमै सक्ने तयारी पार्टीको छ । 

‘१ वैशाखसम्म घोषणापत्र सार्वजनिक र ५ वैशाखसम्म स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने सबैको नामावली यकिन गर्नेगरी हामी लागिरहेका छौँ,’ सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टीका नेताहरू घोषणापत्र टुंग्याउन र सम्बन्धित क्षेत्रमा लोकप्रियलाई उम्मेदवार बनाउन ‘ग्राउन्ड रियालिटी’ रातदिन खटिइरहनुभएको छ ।’

जित्ने ठाउँमा केन्द्रीय सदस्यलाई उठाउने तयारी

राप्रपाले स्थानीय तहको निर्वाचनमा पार्टीले जित्ने सम्भावना भएका स्थानमा पार्टीका केन्द्रीय पदाधिकारीसमेतलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ । पार्टीको त्यही रणनीतिअनुरूप केन्द्रीय पदाधिकारीलाई समेत उम्मेदवार बनाउने गरी दुई उपमहानगरपालिका र नौ नगरपालिकामा टिकट पक्का गरेको छ ।

त्यस्तै, राप्रपाले पार्टीको चुनाव चिह्न गाई लिएर निर्वाचन लड्न चाहने सम्बन्धित क्षेत्रका लोकप्रिय अन्य राजनीतिक दलका नेता वा स्वतन्त्र व्यक्तिलाई पनि अवसर दिने रणनीति बनाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पदाधिकारी को कहाँ उम्मेदवार ?

राप्रपाले पार्टी महामन्त्री डा. धवल शमशेर राणालाई नेपालगन्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार बनाउने भएको छ । उनी यसअघि नेपालगन्ज नगरपालिका हुँदा मेयर भइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा राणा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।

सहमहामन्त्री राम थापालाई झापाको दमक नगरपालिकाको मेयर बनाउने भएको छ । थापा सोही नगरपालिकाको पूर्वमेयरसमेत हुन । त्यस्तै सहायक महामन्त्री मनोज प्रधान सल्यानको शारदा नगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनी ०७० को संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

काठमाडौं महानगरपालिकामा पार्टीका पूर्वप्रवक्ता तथा वर्तमान केन्द्रीय सदस्य राजाराम श्रेष्ठ वा सहायक महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमध्ये एकजनाले मेयरमा टिकट पाउने सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए । त्यस्तै झापाको बिर्तामोड नगरपालिकामा केन्द्रीय सदस्य भक्ति सिटौला मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनी २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

हेटौँडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य दीपकबहादुर सिंह वा सांसद गणेश थापामध्ये एकजनालाई मेयरको टिकट दिने तयारी गरेको छ । थापा पार्टी अध्यक्ष कमल थापाका सहोदर भाइ हुन् ।

मेची नगर, नगरपालिका झापामा ०७० को संविधानसभा निर्वाचनमा पराजित अशोक सुब्बालाई मेयरमा लडाउने निर्णय राप्रपाले गरेको छ । सिद्धार्थ नगर, नगरपालिका रुपन्देहीमा पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणा, व्यास नगरपालिका तनहुँमा पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीलाई मेयरमा निर्वाचन लडाउने निर्णय पार्टीले गरिसकेको सहप्रवक्ता श्रेष्ठले जनाए । गोरखाको गोरखा नगरपालिकामा पार्टीका जिल्ला अध्यक्ष रुद्रराज पाण्डे वा नगर अध्यक्ष सरोज कुँवरमध्ये एकजनालाई मेयरमा टिकट दिइने श्रेष्ठले बताए ।

धनकुटामा सूर्यबहादुरका नाति लड्ने

धनकुटाको धनकुटा नगरपालिकामा पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापालाई राप्रपाले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमन्त्रीसमेत रहेका पार्टी महामन्त्री सुनील थापाका छोरा सिद्धार्थलाई मेयरको टिकट दिने निर्णय पार्टीले गरिसकेकोको प्रवक्ता श्रेष्ठले जानकारी दिए । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट