२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले जित्ने ठाउँमा केन्द्रीय सदस्य उठाउने, को-कहाँबाट ?

२०७३, २९ चैत्र मंगलवार ०२:०७

चैत २९, काठमाडौँ । सत्तारुढ दल राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेहरूको नामावली यकिन गरिसक्ने तयारी गरेको छ । ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मुख्य कार्य पार्टीको घोषणापत्र सार्वजनिकलगायतका काम पनि सोही मितिमै सक्ने तयारी पार्टीको छ । 

‘१ वैशाखसम्म घोषणापत्र सार्वजनिक र ५ वैशाखसम्म स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने सबैको नामावली यकिन गर्नेगरी हामी लागिरहेका छौँ,’ सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टीका नेताहरू घोषणापत्र टुंग्याउन र सम्बन्धित क्षेत्रमा लोकप्रियलाई उम्मेदवार बनाउन ‘ग्राउन्ड रियालिटी’ रातदिन खटिइरहनुभएको छ ।’

जित्ने ठाउँमा केन्द्रीय सदस्यलाई उठाउने तयारी

राप्रपाले स्थानीय तहको निर्वाचनमा पार्टीले जित्ने सम्भावना भएका स्थानमा पार्टीका केन्द्रीय पदाधिकारीसमेतलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ । पार्टीको त्यही रणनीतिअनुरूप केन्द्रीय पदाधिकारीलाई समेत उम्मेदवार बनाउने गरी दुई उपमहानगरपालिका र नौ नगरपालिकामा टिकट पक्का गरेको छ ।

त्यस्तै, राप्रपाले पार्टीको चुनाव चिह्न गाई लिएर निर्वाचन लड्न चाहने सम्बन्धित क्षेत्रका लोकप्रिय अन्य राजनीतिक दलका नेता वा स्वतन्त्र व्यक्तिलाई पनि अवसर दिने रणनीति बनाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पदाधिकारी को कहाँ उम्मेदवार ?

राप्रपाले पार्टी महामन्त्री डा. धवल शमशेर राणालाई नेपालगन्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार बनाउने भएको छ । उनी यसअघि नेपालगन्ज नगरपालिका हुँदा मेयर भइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा राणा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।

सहमहामन्त्री राम थापालाई झापाको दमक नगरपालिकाको मेयर बनाउने भएको छ । थापा सोही नगरपालिकाको पूर्वमेयरसमेत हुन । त्यस्तै सहायक महामन्त्री मनोज प्रधान सल्यानको शारदा नगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनी ०७० को संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

काठमाडौं महानगरपालिकामा पार्टीका पूर्वप्रवक्ता तथा वर्तमान केन्द्रीय सदस्य राजाराम श्रेष्ठ वा सहायक महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमध्ये एकजनाले मेयरमा टिकट पाउने सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए । त्यस्तै झापाको बिर्तामोड नगरपालिकामा केन्द्रीय सदस्य भक्ति सिटौला मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनी २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

हेटौँडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य दीपकबहादुर सिंह वा सांसद गणेश थापामध्ये एकजनालाई मेयरको टिकट दिने तयारी गरेको छ । थापा पार्टी अध्यक्ष कमल थापाका सहोदर भाइ हुन् ।

मेची नगर, नगरपालिका झापामा ०७० को संविधानसभा निर्वाचनमा पराजित अशोक सुब्बालाई मेयरमा लडाउने निर्णय राप्रपाले गरेको छ । सिद्धार्थ नगर, नगरपालिका रुपन्देहीमा पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणा, व्यास नगरपालिका तनहुँमा पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीलाई मेयरमा निर्वाचन लडाउने निर्णय पार्टीले गरिसकेको सहप्रवक्ता श्रेष्ठले जनाए । गोरखाको गोरखा नगरपालिकामा पार्टीका जिल्ला अध्यक्ष रुद्रराज पाण्डे वा नगर अध्यक्ष सरोज कुँवरमध्ये एकजनालाई मेयरमा टिकट दिइने श्रेष्ठले बताए ।

धनकुटामा सूर्यबहादुरका नाति लड्ने

धनकुटाको धनकुटा नगरपालिकामा पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापालाई राप्रपाले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमन्त्रीसमेत रहेका पार्टी महामन्त्री सुनील थापाका छोरा सिद्धार्थलाई मेयरको टिकट दिने निर्णय पार्टीले गरिसकेकोको प्रवक्ता श्रेष्ठले जानकारी दिए । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले