Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासी र रुकुममा दुबै चरणमा निर्वाचन हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १४, काठमाडौं |</b> नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ । स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ।&nbsp;<br></p><p>यी दुई जिल्लाका ४ र ६ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा पहिलो चरणमा वैशाख ३१ मा र ५ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा दोस्रो चरणमा जेठ ३१ मा निर्वाचन हुनेछ ।</p><p>संविधानले नवलपरासीलाई टुक्र्याएर प्रदेश नम्बर ४ र ५ तथा रुकुमलाई प्रदेश नम्बर ५ र ६ मा राखेको छ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले ती दुई जिल्लाका केही ठाउँ हेरफेर गरी कुन–कुन गाउँपालिका वा नगरपालिका प्रदेश नम्बर ४, ५ र ६ मा पर्‍यो भन्ने सीमाना स्पष्ट पारिएको बताए । – कान्तिपुर&nbsp;</p>