वैशाख १४, काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन् । 

शुल्क वृद्धि नियन्त्रण गर्न माग ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १४, काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन् । 

शुल्क वृद्धि नियन्त्रण गर्न माग ग"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चर्को शुल्क लिने’ ४५ निजी स्कुलमा तालाबन्दी

१४ बैशाख २०७४, बिहीबार ०१:२७

वैशाख १४, काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन् । 

शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन् । एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरका अनुसार शुल्क वृद्धि नियन्त्रण गर्न सरकारलाई पटक पटक आग्रह गरेपनि बेवास्था गरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनुपरेको बताए।

उनका अनुसार रातो बङ्गला, नाइटिङ्गेल, रेडियन्ट, ह्वाइटफिल्ड, स्वर्णिम, माउन्ट ग्ल्वरी, भीएस निकेतन, गीताञ्जली, रेड्न, फ्लोरिसेन्ट, अपि, ज्ञान निकेतन, काठमाडौं विद्याकुन्ज, काव्य, पुष्प सदन, विभूती, कन्चनजङ्घा, प्यारागन, संस्कृति स्कुलमा ताला लगाइएको छ।

त्यस्तै एक्सलसियर, दिब्यज्ञान, डल्लु आवासीय विद्यालय, काठमाडौं भ्याली स्कुल, ट्रिनीटी, रोजबर्ड, ओलम्पिया, नोबेल, पाठशाला, चेल्सी, अक्सिडेल्टल, आइडियल स्कुल, प्रीमियर, जेम्स, युनाइटेड, टेक्सास, त्रियोग, युरोकिङ्गस, आइडियल, मार्बलस स्कुल, बाबा, रिलायन्स, बागमती, युलेन्स, डेफोडेल, तक्षशिलालगायतका स्कुलमा पनि ताला लगाइएको छ। स्कुलको प्रशासन र लेशाखामा ताला लागेको छ। ताला लगाइए पनि विद्यार्थीको पठनपाठनमा भने कुनै अवरोध नगरिने महरले बताए।

ती स्कुलहरुले सरकारी निकाय र अभिभावकसँग परामर्श नै नगरी आफूखुशी शुल्क लिइरहेको विद्यार्थीको दाबी छ। मनपरी शुल्क लिने स्कुललाई कानुनको दायरामा ल्याउन नसकेको भन्दै विद्यार्थी शिक्षा मन्त्रालयसँग पनि रुष्ट छन्।

आन्दोलन अन्तर्गत बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एन प्याब्सनको कार्यालयमा पनि ताला लगाइने विद्यार्थीले बताएका छन्।

यस पटकको आन्दोलनमा विद्यालय सञ्चालकले लिएको शुल्कबारे छानबिन गरेर विद्यार्थीलाई फिर्ता नगराइएसम्म नछोड्ने विद्यार्थीको अडान छ। विद्यार्थी तालाबन्दीमा उत्रे पनि शिक्षा मन्त्रालयले भने समस्या कसरी समाधान गर्ने भन्नेतर्फ पहल गरेको छैन।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै