वैशाख १४, काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन् । 

शुल्क वृद्धि नियन्त्रण गर्न माग ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १४, काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन् । 

शुल्क वृद्धि नियन्त्रण गर्न माग ग"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चर्को शुल्क लिने’ ४५ निजी स्कुलमा तालाबन्दी

२०७४, १४ बैशाख बिहीबार ०१:२७

वैशाख १४, काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन् । 

शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन् । एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरका अनुसार शुल्क वृद्धि नियन्त्रण गर्न सरकारलाई पटक पटक आग्रह गरेपनि बेवास्था गरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनुपरेको बताए।

उनका अनुसार रातो बङ्गला, नाइटिङ्गेल, रेडियन्ट, ह्वाइटफिल्ड, स्वर्णिम, माउन्ट ग्ल्वरी, भीएस निकेतन, गीताञ्जली, रेड्न, फ्लोरिसेन्ट, अपि, ज्ञान निकेतन, काठमाडौं विद्याकुन्ज, काव्य, पुष्प सदन, विभूती, कन्चनजङ्घा, प्यारागन, संस्कृति स्कुलमा ताला लगाइएको छ।

त्यस्तै एक्सलसियर, दिब्यज्ञान, डल्लु आवासीय विद्यालय, काठमाडौं भ्याली स्कुल, ट्रिनीटी, रोजबर्ड, ओलम्पिया, नोबेल, पाठशाला, चेल्सी, अक्सिडेल्टल, आइडियल स्कुल, प्रीमियर, जेम्स, युनाइटेड, टेक्सास, त्रियोग, युरोकिङ्गस, आइडियल, मार्बलस स्कुल, बाबा, रिलायन्स, बागमती, युलेन्स, डेफोडेल, तक्षशिलालगायतका स्कुलमा पनि ताला लगाइएको छ। स्कुलको प्रशासन र लेशाखामा ताला लागेको छ। ताला लगाइए पनि विद्यार्थीको पठनपाठनमा भने कुनै अवरोध नगरिने महरले बताए।

ती स्कुलहरुले सरकारी निकाय र अभिभावकसँग परामर्श नै नगरी आफूखुशी शुल्क लिइरहेको विद्यार्थीको दाबी छ। मनपरी शुल्क लिने स्कुललाई कानुनको दायरामा ल्याउन नसकेको भन्दै विद्यार्थी शिक्षा मन्त्रालयसँग पनि रुष्ट छन्।

आन्दोलन अन्तर्गत बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एन प्याब्सनको कार्यालयमा पनि ताला लगाइने विद्यार्थीले बताएका छन्।

यस पटकको आन्दोलनमा विद्यालय सञ्चालकले लिएको शुल्कबारे छानबिन गरेर विद्यार्थीलाई फिर्ता नगराइएसम्म नछोड्ने विद्यार्थीको अडान छ। विद्यार्थी तालाबन्दीमा उत्रे पनि शिक्षा मन्त्रालयले भने समस्या कसरी समाधान गर्ने भन्नेतर्फ पहल गरेको छैन।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी