वैशाख १४, काठमाडौं । करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १४, काठमाडौं । करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् ।&nb"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिकाको तीन दिनअघि मृत्यु: प्रेमीको ५५ दिनपछि जीवितै उद्धार

१४ बैशाख २०७४, बिहीबार ०१:३३

वैशाख १४, काठमाडौं । करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । 

ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो । उद्धार टोलीले उत्तरी धादिङको रूबिध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो । उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एक जना मृत अवस्थामा उनीहरुलाई फेला पारेको हो ।

बेपत्ता २१ बर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेका थिए भने १९ बर्षीया लिउ चेन चुनको शव फेला परेको थियो । ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि जीवितै उद्धार गरिएको हो। उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने उद्धार हुन नसक्दा तीन दिनअघि मृत्यु भएको थियो। नेपाल घुम्न आएका यी ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थिए।

वेपत्ता भएको ५५ दिनपछि पर्यटकलार्इ बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन्। परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन्।

स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन्। उहाँहरु सिम्रिक एयरका लङलाइट रेस्क्यु विषेशज्ञ हुन्।

धादिङको तिप्लिङलगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए। अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै