वैशाख १५, काठमाडौं । विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी काम नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख १५, काठमाडौं । विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी काम नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा अनु"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवा प्रभावकारी नभएपछि सिंहदरबारभित्रै अनुगमन तीव्र

१५ बैशाख २०७४, शुक्रबार ०२:०८


वैशाख १५, काठमाडौं । विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी काम नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा अनुगमन थालेको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा केन्द्रीय अनुगमन समितिले मन्त्रालयहरूको कामबारे अनुगमन थालेको हो ।

अनुगमन समितिले बिहीबार सिँचाइ, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र कृषि विकास मन्त्रालयको कामबारे अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव तथा अनुगमन समितिका संयोजक टंकमणि शर्माले विकास निर्माणमा ध्यान नदिइएको तथा पुँजीगत खर्च कम भएको विषयमा अनुगमन भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरू र मातहतका निकाय तथा परियोजनाले जिम्मेवारीपूर्वक काम नगरेको भन्दै नियमित अनुगमन गर्न प्रधानमन्त्री कार्यालयका सचिव शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेका थिए । संयोजक शर्माले प्रधानमन्त्रीको निर्देशनमा मन्त्रालय र मातहतका निकायको कामबारे आक्रामक अनुगमन थालिएको जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय र निकायमा गरेको अध्ययनमा चालू आर्थिक वर्ष ०७३/७४ को नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत मात्रै गरेको पाइएपछि अनुगमन थालिएको हो । 

अनुगमन समितिका संयोजक शर्माले पनि चालू आवको साढे १० खर्ब बजेटमध्ये चैत मसान्तसम्म ४ खर्ब २० अर्ब मात्रै खर्च भएकाले विकास निर्माणमा गम्भीर समस्या रहेको ठहर भएको र अनुगमन पनि तीव्र पारिएको बताए । देशभर विकास निर्माणलाई तीव्रता दिन र पुँजीगत खर्च वृद्धि गर्न पनि अनुगमन जरुरी रहेको शर्माको भनाइ छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद