वैशाख १५, काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । 

यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १५, काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । 

यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधनको पक्षमा दुईतिहाइ पुग्ने संकेतले मोर्चा लचिलो

१५ बैशाख २०७४, शुक्रबार ०२:११

वैशाख १५, काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । 

यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै गइरहेको छ,’ मन्त्री नायकले भने, ‘सरकारलाई विश्वास छ, संविधान संशोधन दुईतिहाइ बढी मतले नै पारित हुन्छ ।’ 

संसदमा अहिले कुल ५ सय ९३ सांसद छन् । संविधान संशोधन विधेयक पारित हुन सरकारलाई ३ सय ९६ मत आवश्यक पर्छ । तर, सत्तारुढ गठबन्धनले आवश्यकभन्दा दुई मत बढी भएको दाबी गर्दै संविधान संशोधन हुनेमा ढुक्क हुन मधेसी मोर्चालाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताहरूलाई प्रतिपक्षी एमालेसहितको सहमतिका आधारमा स्थानीय तहको संख्या थप हुने विश्वास दिलाएका छन् । प्रधानमन्त्रीले बिहीबार बालुवाटार बोलाएर संख्या पुनरावलोकनको विषय फिर्ता नलिएको प्रस्ट्याएपछि मोर्चाका नेताहरू विश्वस्त बनेका छन् ।

‘उहाँहरूलाई सरकारले स्थानीय तहको संख्या पुनरावलोकन गर्ने विषय नै फिर्ता लिएको हो कि भन्ने आशंका रहेछ,’ बालुवाटार बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले भने, ‘प्रधानमन्त्रीले एमालेसहितको सहमतिमा मापदण्ड बनाएर निर्णयमा पुगिने बताएपछि उहाँहरू विश्वस्त हुनुभयो ।’

स्थानीय तहको संख्या थप गर्न स्थानीय विकास मन्त्रालयले तराईका ११ जिल्लामा पठाएको परिपत्र फिर्ता लिने सरकारको निर्णयपछि भड्किएका मोर्चाका नेताहरू प्रधानमन्त्रीले भेटेपछि मत्थर भएका हुन् । एमालेले गरेको संसद्को अवरोध हटाउने क्रममा सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिने सहमति गरेपछि मोर्चाका नेताहरू बिच्किएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद