४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डराएकी छैन, डटेर सामना गर्छु: प्रधानन्यायाधीश कार्की

१८ बैशाख २०७४, सोमबार ०१:२६

वैशाख १८, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् ।  उनले यसको डटेर सामना गर्ने समेत बताइन् ।

सोमबार प्रकाशित नागरिक दैनिकसँग कुराकानी गर्दै प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन्, ‘मलाई त केही फिल नै भएको छैन । ममाथि महाभियोग लाग्छ भन्ने पहिल्यै थाहा थियो ।’

उनले यही विषयमा कुरा गर्न माओवादी सांसद् रामनारायण बिडारीले पटक -पटक भेटका लागि समय मागेको तर आफूले समय नदिएको बताएकी छन् । ‘केही दिनयता माओवादी सांसद् रामनारायण बिडारीले मलाई पटक- पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ, एकपटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिनँ’, कार्कीले नागरिकसँग भनेकी छन् ।

कार्कीले बिडारीलाई भेट्न आफूले इन्कार गरेपछि प्रधानमन्त्रीले आइतबार बिहानै पनि दूत बनाएर वर्षमान पुनलाई निवासमा पठाएको तर आफूले नभेटेको प्रष्ट पारेकी छन् । आफूले नभेटेपछि वर्षामान श्रीमानलाई भेटेर फर्केको उनले बताएकी छन् । 

‘उहाँहरुले मलाई जे आरोप लगाएर महाभियोग दर्ता गर्नुभएको छ, त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर, मैले न्यायप्रतिको निष्ठा र इमान्दारितामा कहिल्यै सम्झौता गरेकी छैन’, कार्कीले आफ्नो निडरता व्यक्त गर्दै भनेकी छन् ।

कार्कीले कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपको समेत खण्डन गरेकी छन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ