२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो हुनेछ स्थानीय निर्वाचनमा तीन घेराको सुरक्षा

२०७४, २० बैशाख बुधबार ००:४७

बैशाख २०, काठमाडौं । पहिलो चरणको निर्वाचनमा सुरक्षा तयारी पुरा भएको र सुरक्षा निकाय अहिले निर्वाचन हुने क्षेत्रमा खटिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर ३, ४ र ६ मा सुरक्षा निकायको टोली परिचालन भएको र त्यसरी खटिएका सुरक्षा अधिकारीले मतदान केन्द्र तथा सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिएर तयारीमा लागेको सुरक्षा निकायहरुले जनाएका छन् ।

सरकारले पहिलोपटक निर्वाचन हुने क्षेत्रलाई तीन भागमा विभाजन गरेर सोही अनुरुपको सुरक्षा व्यवस्था समेत गरेको जनाएको छ ।

सुरक्षा निकायले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको छ । पहिलो चरणमा म्यादी प्रहरी सहित १ लाखको हाराहारीमा सुरक्षा फौज परिचालन हुने भएको छ ।

तीन वटा सुरक्षा निकायमध्ये नेपाल प्रहरी मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मतपेटिकाको सुरक्षा गर्नुका साथै मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा गर्नेछ ।

त्यो भन्दा बाहिर मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्ने र मतदान केन्द्र रहेको इलाकाको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।  -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी