४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ कुन-कुन दलबीच तालमेल ?

२० बैशाख २०७४, बुधबार ०२:१०

बैशाख २०, काठमाडौं । तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ । 

विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।

स्थानीय निकाय २०५९ सालबाट कर्मचारीको हातमा गएको थियो । नयाँ संविधानले स्थानीय तहलाई संवैधानिक मान्यता दिई अधिकार सम्पन्न बनाएपछि पहिलोपटक हुन लागेको निर्वाचन आमचासोको विषय बनेको छ ।राजनीतिक अन्योलका कारण चुनाव हुने कि नहुने भन्ने संशयबीच उत्साहजनक उम्मेदवारी दर्ता भएको भन्दै निर्वाचन आयोगले मतदान गराउन आतुर रहेको प्रतिक्रिया दिएको छ । विभिन्न स्थानमा बाजागाजा, झाँकी र जुलुससहित दलहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले विभिन्न जिल्लामा तालमेल गरी उम्मेदवारी दिएका छन् भने काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा भाग नलिने अडान लिएको संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकाको प्रमुखलगायत अन्य स्थानमा पनि उम्मेदवारी दिएको छ ।मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले भने पहिलो चरणका कुनै पनि स्थानमा उम्मेदवारी दिएको छैन । -अन्नपूर्ण पोस्ट दैनिक 

कहाँ कुन दलबीच तालमेल ?

काठमाडौं महानगरपालिका : एमाले र राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति
मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
लमजुङ : एमाले र माओवादी केन्द्र
तनहुँ : एमाले र माओवादी केन्द्र
बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
सिन्धुपाल्चोक : एमाले र राप्रपा
दोलखा : कांग्रेस र माओवादी केन्द्र
मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
म्याग्दी : कांग्रेस र राप्रपा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता