४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन पार्टी मिल्दा पनि पाइएन उम्मेद्वार

२० बैशाख २०७४, बुधबार ०२:१५

बैशाख २०, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा मिलेर उम्मेदवारी दिने सम्झौता गरे । 

तर, भक्तपुर नगरपालिकामा उम्मेदवार नै पाएनन् । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले भक्तपुरमा उम्मेदवार नपाएपछि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे ।

भक्तपुरका लागि फोरम नेपाल, नयाँ शक्ति र क्रान्तिकारी माओवादीबीच तालमेल सम्झौता पनि भयो । तर, दुर्भाग्य क्रान्तिकारी माओवादीका तर्फबाट पनि उपमेयरका उम्मेदवार मनोनयन गर्ने व्यक्ति भेटिएन ।

फोरम नेपालका केन्द्रीय सदस्य एवं महानगर इन्चार्जसमेत रहेका सानोराजा शाक्यका अनुसार तीन पार्टीबीच तालमेल गर्दासमेत उम्मेदवार नपाएपछि अन्ततः उपमेयरमा उम्मेदवारी दर्ता हुन सकेन ।

फोरम नेपाल र नयाँ शक्ति काठमाडौं महानगरपालिकामा संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा फोरम नेपालका तर्फबाट पवित्र बज्राचार्य र उपमेयरमा नयाँ शक्तिकी सविना अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

मध्यपुर थिमी नगरपालिकाको मेयरमा नयाँ शक्तिका ज्ञानराम श्रेष्ठ मेयर र फोरम नेपालकी नानीछोरी बाडे उपमेयरका उम्मेदवार भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा फोरम नेपाल र नयाँ शक्तिले संयुक्त रूपमै निर्वाचन लडिरहेका छन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता