वैशाख २२, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २२, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । 

२०८२, २३ फाल्गुन शनिबार
काठमाडौँ - KTM

देउवाले यसरी फकाए विमलेन्द्र निधिलाई

२०७४, २२ बैशाख शुक्रबार ०१:१९

वैशाख २२, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । 

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँग सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामै असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन्।

आफ्ना दूतको प्रयासपछि आफैँ र प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन्। निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन्। संविधान संशोधनमा अझै निधिको सक्रियता खाँचो रहेको र निर्वाचनको मुखैमा गृहमन्त्री फेर्दा अव्यावहारिक हुने निष्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवा पुगेपछि उनलाई फर्काइएको हो। निधिले बिहीबारदेखि पुरानै पदमा फर्किएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

नेता साउदसँगको भेटमा निधि कडा रूपमा प्रस्तुत भएका थिए। ‘देउवाजीलाई नेविसंघको अध्यक्ष बनाउने बेलादेखि गिरिजाप्रसादको अगाडि कसैले बोल्न नसक्ने समयसम्म साथ दिंदै आएँ,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर अहिले आएर सामान्य कुरामा भित्तामा पुर्याउने र अपमान गरिन्छ भने म पनि चुप लागेर बस्दिनँ।’

ओली नेतृत्वको सरकारबाट माओवादीलाई अलग्याएर निधिकै पहलमा प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो। प्रचण्डपछि प्रधानमन्त्री बन्ने यसअघिको सहमति भएकाले देउवाले पुनः निधिलाई भड्काउन नचाहेको स्रोत बताउँछ। ‘निधिलाई भड्काउँदा आफूलाई प्रधानमन्त्री बन्न गाह्रो पर्ने बुझाईमा सभापति पुग्नु भएपछि नेताहरू नै खटाएर उहाँलाई मनाएको देखिन्छ,’ देउवा निकट स्रोत भन्छ।

देउवा–निधि सम्बन्धलाई पुनस्र्थापित गर्न खटिएका नेता एनपी साउदले केही नेताले सहजीकरण मात्रै गरेको बताए। ‘दुवै राजनीतिमा घनिष्ठ नेता हुन्। उहाँहरूको आफ्नै सम्बन्ध छ,’ साउदले नयाँ पत्रिकासँग भने, ‘केही साथीहरूले सहजीकरण गर्ने काम गर्नुभएको हो। यसमा दुवैले चित्त बुझाउनुभयो। अरु केही भएको छैन।’

उपसभापतिको आवश्वासन र वरीयता

सभापति देउवाले अब आफू प्रधानमन्त्री बनेपछि निधिलाई उपसभापति बनाउने आश्वासन दिएका छन्। उपसभापति पाउने र पहिलेको जस्तो वरीयता विवादमा कमल थापासँग अल्झन नपर्ने भएपछि निधिलाई पुनः यही पदमा फर्कन सहज भएको छ। राप्रपाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। ‘आफू प्रधानमन्त्री भएपछि उपसभापति बनाउँछु भनेर सभापतिले वाचा नै गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सरकारबाट कमल थापा फिर्ता भएपछि वरीयताको किचलो पनि अब भएन, यसले थप सजिलो भएको छ।’ ३१ वैशाखको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र ३१ जेठको स्थानीय तहको निर्वाचन आफूले गराउने पक्षमा सभापति देउवा छन्।

सभापतिसँग सम्बन्ध सुधारपछि राजीनामा फिर्ता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुधार भएपछि राजीनामा फिर्ता लिएको बताएका छन्। जनकपुरमा कांग्रेसको जिल्ला कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषयलाई लिएर केही मतभिन्ता उत्पन्न भएको बताए। 

‘स्थानीय तहको निर्वाचनमा पार्टीलाई सहयोग गर्न राजीनमा दिएको थिएँ, तर सभापतिले गृहमन्त्रीको पद तपाईले नै सम्हालेर चुनाव गराउनुस् भनेपछि राजीनमा फिर्ता लिएँ,’ उनले भने। राजीनामा विषयमा सप्तरीदेखि पर्सासम्मका कांग्रेस नेता तथा कार्यकर्ताहरूले आफूलाई सहयोग गरेको उनले बताए ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त