२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित

२०७४, २३ बैशाख शनिबार ०३:२२

बैशाख २३, काठमाडौं । रुकुमका चार वडामा तीन जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

भने, एक जना महिला सदस्यकी उम्मेदवार पनि निर्विरोध चयन भइन् । बाँफिकोट गाउँपालिका ७ का नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवारी दिएकी पवित्रा कामी, आठविसकोट नगरपालिका ३ मा उम्मेदवारी दिएकी रुपा बिक र त्रिवेणी गाउँपालिका ९ मा उम्मेदवारी दिएकी सीता दमाई निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिका १ को महिला सदस्यको लागि उम्मेदवारी दिएकी तुली गिरी महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ जनाको उम्मेदवारी रद्ध भएको र १ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना महिला चुनावमा विना प्रतिस्पर्धा निर्वाचित भएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का लागि उम्मेदवारी दिएकी कांग्रेसकी दलित महिला सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् भने बाँफिकोट १ को महिला सदस्यका लागि माओवादी केन्द्रकी उम्मेदवार र वडा नम्बर ७ को लागि कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको उम्मेदवारी रद्ध भएको थियो । त्यस्तै, आठविसकोट नगरपालिका ३ का लागि कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको पनि उम्मेदवारी रद्ध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी खारेज तथा फिर्ता भएपछि उक्त पदका लागि १ जनाको मात्र उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए । उनीहरु निर्वाचित भएको सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले आज औपचारिक घोषणा गरेको हो । उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने चुनाव पछि अन्य विजयी सँगै प्रदान गरिने पनि शर्माले जानकार िदिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी