वैशाख २४, काठमाडौं । सबैतिर चासो छ- सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २४, काठमाडौं । सबैतिर चासो छ- सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाभियोगबारे यस्तो छ सरकारको रणनीति

२४ बैशाख २०७४, आईतवार ०१:३१

वैशाख २४, काठमाडौं । सबैतिर चासो छ- सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ ।

आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ ।

‘सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसक्नु भएको छैन, विभिन्न विकल्पमा उहाँलाई सुझाव आइरहेको छ । 

उहाँ अझै आन्तरिक छलफलमै हुनुहुन्छ । ३१ वैशाखको पहिलो चरणको स्थानीय तहको चुनावको मिति नजिक छ । त्यसैले  सभामुखले अब ३१ वैशाखअगाडि संसद् बैठक नराख्नेतिर सोचिरहनु भएको देखिन्छ’, सभामुखनिकट स्रोतले भन्यो । सरकार र सत्तारुढ दलले कार्कीको एक्सन हेरेर थप कदम चाल्ने रणनीति बनाएका छन् । 

कांग्रेसले प्रधानन्यायाधीशको ‘एक्सन’ हेर्न आइतबार सूचना टाँस गरेर संसद् बैठक स्थगित गर्ने र उनले लिने ‘एक्सन’ पछि अर्को संसद् बैठकबाट अगाडि बढ्ने विकल्प लिएको छ । 

यस विषयमा सत्तारुढ दलसँग पनि आइतबार बिहानसम्म छलफल गरेर निर्णय लिने कांग्रेसको तयारी छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता