वैशाख २४, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछ"/> Sajhasabal वैशाख २४, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछ"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महा्भियोगबारे सत्ता पक्षको रणनीति कस्तो छ ?

२४ बैशाख २०७४, आईतवार ०१:३९

वैशाख २४, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछि सरकार आक्रोशित भए पनि तत्काल केही नगर्ने रणनीति अपनाएको छ । 

सरकारी उच्चस्रोतका अनुसार न्यायाधीश राणाविरुद्ध व्यवस्थापिका संसद्ले केही कदम चाल्दा एक सातापछि हुने निर्वाचनलाई असर पर्न सक्ने दृष्टिगत गर्दै तत्काल कुनै कदम नउठाउने रणनीति सरकारले बनाएको हो । अन्तरिम आदेशलाई पूर्ण इजलाससम्मको निर्णय पर्खने रणनीति पनि सरकारले बनाएको जानकारी स्रोतले दिएको छ।

'न्यायालयले व्यवस्थापिकाको विशेषाधिकार हनन गरेको छ तैपनि निर्वाचनलाई असर पर्ने गरी कुनै कदम नचाल्ने सरकारको रणनीति छ', प्रधानमन्त्री पुष्पकमल दाहालका एक सल्लाहकारले भने, 'न्यायपालिकाले फेरि पनि कार्यपालिका र व्यवस्थापिकाको अधिकार हनन हुने गरी निर्णय गरेको अवस्थामा बाहेक अहिले निर्वाचनलाई असर पर्ने गरी कुनै कदम चालिनेछैन। सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ।' ती सल्लाहकारका अनुसार सरकार र संसद्को कारणले निर्वाचनलाई असर परेको सन्देश प्रवाह हुन नदिने रणनीतिमा सरकार देखिएको छ।

ती सल्लाहकारले भने, 'फेरि पनि अदालतले कार्यपालिका र व्यवस्थापिकाका अधिकार हनन हुने गरी आफ्ना थप गतिविधि सञ्चालन गरेमा भने सरकार र व्यवस्थापिकाले सशक्त प्रतिवाद गर्ने नीति अवलम्बन गरिनेछ।'उनका अनुसार न्यायपालिका वैशाख ३१ मा हुने निर्वाचन बिथोल्ने गतिविधिमा लागेको ठहर गर्दै सरकारले न्यायालयका गतिविधिलाई सतर्कतापूर्वक अवलोकन गर्ने रणनीतिसमेत बनाएको छ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पनि प्रधानमन्त्री दाहालले सबै समस्याको समाधान गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले उल्लेख गरेको छ।सचिवालयका अनुसार अध्यक्ष ओलीले विवाद नतन्काई सेफल्यान्डिङ गरेर अघि बढ्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।

 'अदालतको कदम प्रतिगामी हो। गणतन्त्र नरुचाउनेहरूले चालेको कदम हो। त्यसमा एमालेले साथ दिएको पाइएको छ', प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले भने, 'कार्यपालिका र न्यायपालिकाबीचको संघर्ष व्यवस्थापिका र न्यायपालिकामा सरेको छ। चुनाव र सरकारलाई यसले कुनै असर पार्ने देखिँदैन।'

एमाले अध्यक्ष ओलीले सर्वोच्चको आदेश पालनाका लागि सत्तापक्षले संसद्मा दर्ता गरेको महाभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको थियो भने प्रधानमन्त्री दाहालले सर्वोच्चको आदेशका विषयमा अन्य दल, संविधानविद् र कानुनका जानकारसँग कुराकानी भइरहेको जबाफ दिएका थिए। 'महाभियोगबारे छलफल गर्ने र अघि बढाउने संसद्को विशेषाधिकार हो', सत्तासीन माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले भने, 'संसद्को नियम, कानुनअनुसार महाभियोग अघि बढ्नुपर्छ भन्नेमा सत्तापक्ष अडिग छ। विपक्षीले माने संसद् अघि बढ्छ, नत्र संसद् स्थगित हुन्छ।'

प्रधानमन्त्री दाहालले शनिबार सत्तापक्ष, विपक्षी दलका नेता, संविधानविद्, कानुनविद्सँग औपचारिक र अनौपचारिक छलफल गरेका थिए। एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सत्तापक्षका विभिन्न नेतालाई सर्वोच्चको आदेश तलमाथि हुन नसक्ने भन्दै अदालतको आदेश मानेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । 

'अदालतको आदेशमा चित्त नबुझे पुनरावलोकन, भ्याकेटलगायत सुविधा प्रयोग गर्न सकिन्छ', नेम्बाङले भने, 'तर अदालतको आदेशलाई तलमाथि मान्न सकिन्न। त्यसलाई शिरोधार्य गरेर अघि बढ्नुपर्छ ।'  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा