२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को–को कहाँ–कहाँ भए निर्विरोध निर्वाचित (सूचीसहित)

२०७४, २६ बैशाख मंगलवार ०२:२६


बैशाख २६, काठमाडौं । पहिलो चरणको स्थानिय तहको निर्वाचन हुन छ दिन बाँकी हुँदा देशका विभिन्न ठाउँमा वडा अध्यक्ष सहित तीन सय १६ पदमा र्निविरोध निर्वाचित भएका छन् । 

मनाङ नारफु गाउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मिङमार छिरिङ लामा विजयी हुनु भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार गाउँपालिका प्रमुखमा दुई र गाउँपालिका उपप्रमुखमा दुई, वडा अध्यक्षमा दुई महिला सहित ५४ सदस्य, खुल्ला तर्फ महिला पाँचसहित एक सय १६ स्थानमा विजयी भएका छन् । महिला सदस्य पदमा ६३ स्थानमा विजयी भएका छन् । त्यस्तै दलित महिला सदस्य ७७ स्थानमा विजयी बनेका छन् ।

जसमा नेपाली कांग्रेसबाट ९४ स्थानमा, एमालेले एक सय ४२ स्थानमा, माओवादी केन्द्रले ३६ स्थानमा, नेमकिपा दुई, राप्रपा पाँच, नयाँ शक्ति एक, स्वतन्त्र ३२, परिवार दल एक र खुल्न नसकेको तीन स्थानमा छन् । वडा अध्यक्षमा २० स्थानमा विजयी भएको छ । त्यस्त वडा अध्यक्षमै स्वतन्त्रबाट छ, एमाले र माओवादी केन्द्रले दुईरदुई स्थानमा विजयी भएका हुन् ।

वडा अध्यक्ष हात पार्ने भाग्यमानीहरू

वडा अध्यक्षमा विजयी हुनेमा स्वतन्त्र उम्मेदवारका तर्फबाट मनाङ नेस्याङ ३ कृष्ण लामा, मनाङ नेस्याङ रिन्जेन दोर्जे गुरूङ, मनाङ नारफु ४ छिरिङ डेन्डो घले, मनाङ नारफु ५ बाट सोनाम तेजे लामा, मनाङ चामे १ बाट आशिप गुरूङ, मनाङ चामे २ बाट भीम बहादुर गुरूङ छन् ।

त्यस्तै मनाङ नारफुबाट १ नेपाली कांग्रेसबाट रितार छिपेल लामा, नारफु ३ बाट नेपाली कांग्रेसका साङगी धावा लामा विजयी हुनु भएको छ । नेपाली कांग्रेस पार्टीबाट मनाङ नाशोङ ६ मा ङिमा ओङग्याल पुनेल, मनाङ नाशंङ ७ धन बहादुर गुरूङ, मनाङ नाशोङ ८ छुपजंग गुरूङ विजयी बन्नु भएको छ ।

मुस्ताङको दालोमे गाउँपालिकाका वडाहरूमा नेकपा एमालेबाट धुन्तु ठकुरी र नेपाली कांग्रेसबाट सिम्तेन दवा गुरूङ विजयी हुनु भएको छ। मुस्ताकै दालोमे गाउँपालिकामा नेपाली कांङग्रेसका छेटुक गुरूङ, मुस्ताङको घरपझीङ गाउपालिकामा नेपाली कांग्रेस पार्टीबाटै याम प्रसाद थकाली र विरेन्द्र थकाली वडा अध्यक्ष पदमा विजयी हुनु भएको छ । त्यस्तै मुस्ताङ घरपझोङ गाउपालिकामा नेकपा एमालेका आइत प्रसाद थकाली, मेहन्द्र प्रसाद थकाली विजयी भएका छन् ।

म्यादी रगुगंगागा गाउपालिका ४ मा नेपाली कांग्रेसबाट रूक बहादुर गर्जुजा, गोरखा चुमनुब्री गाउपालिका १ बाट नेपाली कांग्रेसका बिर बहादुर लामा, गोखा चुमनुब्री गाउँपालिका २ बाट नेपाली कांग्रेसका पेम्पा रेटा निर्वाचित हुनु भएको छ। त्यस्तै चुमनुब्री गाउपालिका ५ बाट नेपाली कांग्रेसका सोनाम ध्याल्जेन गुरूङ र्निविरोध निर्वाचित भएका छन् ।

त्यस्तै गोखा चुमनुब्री गाउपालिका ५ मा नेपाली कांग्रेसबाट सोनाम ध्याल्जेन गुरूङ विजयी भएका छन् । बाग्लुङ जिल्लाको तमान खोला गाउपालिकामा नेपाली कांग्रेसका कुल बहादुर छन्त्याल र्निविरोध निर्वाचित भएका छन् ।

कालिकोट पताला गाउपालिका ४ मा नेकपा माओवादी केन्द्रबाट ऐन राज महतरा विजयी भएका छन् । त्यस्तै मुगुकै छायानाथ रारा नपा बडा नं ९ मा नेकपा माओवादी केन्द्रका मणिन्द्र रोकाया विजयी हुनु भएको छ । मुगु जिल्लाकै मुगुम कार्मारोग गाउँपालिकामा नेपाली कांग्रेसबाट कर्मा फन्जोक तामाङ विजयी भएका छन् । एक जना मात्रै उम्मेदवार रहेकाले उनी र्निविरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । -अन्नपुर्ण  पोष्ट  दैनिक 

यस्तो छ लिष्ट 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त