२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गेस्ट हाउसमा लक्ष्मीको यसकारण ज्यान गएको रहेछ !

२०७४, २८ बैशाख बिहीबार ०२:२६

बैशाख २८, काठमाडौँ । काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमान्लाई फोन गरिन् तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ । 

वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनीबीच नियमित फोन सम्पर्क हुन थाल्यो ।  फोनबाट उनीहरूबीच मायापिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत हुन थालेछ ।

साउदीमा रहेका बद्री र काभ्रेमा रहेकी लक्ष्मीबीचको फोनप्रेम सम्बन्ध करिब १८ महिनासम्म जारी रह्यो ।  यो अवधिमा बद्रीले लक्ष्मीलाई घर खर्च तथा ऋण सहयोगका नाममा करिब डेढ लाख रुपियाँसम्म पठाइदिए।  तर त्यही घरखर्च र ऋण सहयोग लक्ष्मीका लागि काल बन्न पुग्यो । 

उनको कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसमा हत्या गरिएको अवस्थामा वैशाख २४ गते शव फेला परेको छ।  हत्याका अभियुक्त फोनप्रेमी बद्री पनि तीन दिनपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फोनप्रेमका कारण बद्री गत चैत २० गते स्वदेश फर्किएपछि उनीहरूबीच प्रत्यक्ष भेट भएको थियो ।  पहिलो भेटमा उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो।  प्रहरीका अनुसार दोस्रो भेटमा बद्रीले ऋणको कुरा उठाएपछि लक्ष्मीले खर्च भइसकेकाले दिन नसक्ने अडान राखिन् ।  यसैबीचमा उनीहरूले पति पत्नी भएको भन्दै पटक-पटक गरी तीन रात होटलमा बिताइसकेका थिए ।  ‘बद्रीले रकम फिर्ता माग्ने र लक्ष्मीले नदिने’ भनेकै कारण उनको हत्या भएको दाबी प्रहरीको छ ।

अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिए ।  लक्ष्मीको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार बद्रीलाई पक्राउ गरिएको छ ।  दम्पती भनेर कोठा ‘बुकिङ’ गरेका बद्रीले नाम, ठेगाना र फोन नम्बर भने फरक लेखाएका थिए ।

प्रहरीका अनुसार बद्रीले लक्ष्मीको हत्या गर्न होटल नजिकैको एक पसलबाट १० रुपियाँमा प्लास्टिकको डोरीसमेत खरिद गरेका थिए ।  साँझको खाना खाएर रात बिताउनका लागि होटल पुगेका बद्रीले साँझ नै लक्ष्मीको हत्या गरी शव सिरकले छोपी रातिभरि कुरी बसेको जानकारी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले दिएका छन् ।

अभियुक्त बद्री बिहान सबेरै एयरपोर्टमा साथी लिन जान्छु भन्दै तीन जनालाई खानाको ‘अर्डर’ दिएर होटलबाट उम्किन सफल भएका थिए ।  तर उनी दिउँसो ११ बजेसम्म पनि होटलमा नफर्केपछि ढोका खोली हेर्दा लक्ष्मीको हत्या गरिएको पत्ता लागेको थियो। प्रहरीले पक्राउ परेका अभियुक्त बद्रीको साथबाट ९५ हजार नगद, लक्ष्मीले प्रयोग गरेको मोबाइल, तिलहरी र टप लगायतका सुनका गरगहनाहरू बरामद गरेको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी