वैशाख ३०, काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ ।

निर्वाचन आयोगल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३०, काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ ।

निर्वाचन आयोगल"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण चल्दैनन् चुनावमा गाडी ?

२०७४, ३० बैशाख शनिबार ०१:२२


वैशाख ३०, काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुनेछन्। तर मतदाता परिचयपत्र लागू गरेपछि सवारीसाधन सञ्चालन गर्न निषेध गर्नु उचित नभएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउनुहुन्छ।

‘मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने हाम्रोमा परम्परा नै बनेको छ। विगतमा यो स्वाभाविक पनि थियो किनभने एउटा मतदाताले धेरै ठाउँ पुगेर मत हाल्नसक्ने सम्भावना रहन्थ्यो’, केही समयअघि राजनीतिमा सक्रिय रहनुभएका खनाल भन्नुहुन्छ, ‘मतदाता परिचयपत्र लागू भइसकेको अवस्थामा अब सवारीसाधन निषेध गर्नु आवश्यक छैन।’ विदेशमा मतदानका दिन बिदासमेत दिन छाडिएको उल्लेख गर्दै उहाँले नेपालले पनि अब यस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। ‘विदेशमा हुने अभ्यासबाट पनि हामीले राम्रा कुरा सिक्नुपर्छ। निर्वाचनको व्यवस्थापनलाई हाउगुजी बनाउनु हुँदैन’, उहाँले भन्नुभयो।

खनालको भनाइमा पूर्वराजदूत जयराज आचार्य पनि सहमति जनाउनुहुन्छ। आचार्य भन्नुहुन्छ, ‘सुरक्षा व्यवस्थापनका दृष्टिले सवारीसाधन ठप्प पार्न लागिएको हो भने यसबारे पुनर्विचार गर्नुपर्छ। हामीले सर्वसाधारणको आवागमन सहज बनाउनुपर्छ। बरु सबैलाई आवतजावत सजिलो बनाइदिनुपर्छ।’ आचार्यले आफू जापान र थाइल्यान्ड बस्दा मतदानको दिन सवारी सञ्चालनमा कुनै रोकटोक नभएको अनुभव सुनाउनुभयो।

देशमा मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने परम्परा नै बनिसकेको छ । अस्पताल, प्रेस, पर्यवेक्षक, सुरक्षा निकाय, कूटनीतिक नियोग, विशिष्ट व्यक्ति, उम्मेदवारलगायत केही सीमित वर्गलाई बाहेक अरूलाई सवारीसाधन सञ्चालन गर्न दिइँदैन । उनीहरूले सवारी सञ्चालनका लागि आयोगबाट अनिवार्य रूपमा अनुमति लिएको हुनुपर्छ । यसपटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ। 

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा मानिसको आवतजावत रोक्न र सुरक्षा व्यवस्था व्यवस्थित बनाउन सवारी सञ्चालनमा कडाइ गरिएको बताउनुहुन्छ।

‘सुरक्षा र एउटा मतदान केन्द्रबाट अर्को मतदान केन्द्रसम्म हुने ओहोरदोहोरलाई ध्यानमा राखेर सवारी सञ्चालन नियन्त्रणमा ध्यान दिइएको हो’, प्रवक्ता शर्माले भन्नुुभयो। उम्मेदवारको हकमा निर्वाचन अधिकृतको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले अनुमति दिएपछि उनीहरूले सवारीसाधन प्रयोग गर्न पाउनेछन् । 

‘तर उम्मेदवारको हकमा निर्वाचन अधिकृत र प्रजिअले वस्तुस्थिति हेरेर विवेक प्रयोग गरी निर्णय गर्न सक्नेछन्’, प्रवक्ता शर्माले भन्नुभयो। सुरक्षालाई ध्यानमा राख्दै गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका निर्वाचन हुने जिल्लामा ७२ घन्टा सिमाना बन्द गर्ने निर्णय गरिसकेको छ।

आयोगले असम्बन्धित व्यक्ति पास लिएका सवारीसाधनमा चढाएको फेलापरे कारबाही हुने जनाएको छ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह राना मतदानको दिन सवारी सञ्चालन गर्न दिनु पुनरावलोकनको विषय भए पनि तत्काल सुरक्षा व्यवस्थापन तयार भइनसकेको बताउनुहुन्छ। 

‘सधैं उही परम्परामा चलेर मात्र हुँदैन तर नयाँ गर्छु भन्दा त्यसका लागि हामी तयार पनि हुनुपर्छ। सवारी सञ्चालन गरी मतदान सञ्चालन गर्न सक्ने गरी हाम्रो सुरक्षा व्यवस्थापन तयार भइसकेका छैनन्। हामीले प्रविधि प्रयोग गर्न सकेका छैनौं। जनशक्ति पनि पर्याप्त छैन’, उहाँले भन्नुभयो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी